१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

नेपालगन्जमा प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

प्रदेश खेलकुदका सदस्य सचिव भन्छन् -'खेलकुदमा अझै पूर्ण संघीयता आउन सकेन'



नेपालगन्ज । नेपालगन्जमा झण्डै २५ वर्ष पछि राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता संचालन गरिएको छ । बाँके जिल्ला ब्याडमिन्टन संघको आयोजनामा आजदेखि राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता शुरु भएको हो ।

संघको आयोजनामा नेपालगन्ज रङ्गशालाको कभर्डहलमा सुरु भएको प्रथम नेपालगञ्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले उद्घाटन गरे । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सदस्यसचिव भट्टराईले मुलुकमा संघीयता लागु भएको ६ वर्ष पुग्दा पनि खेलकुद क्षेत्रमा संघीयताको कार्यान्वयन हुन नसकेको बताए । उनले खेलकुद अहिलेपछि संघीयता अघिको संरचनामा चल्न खोजेको बताउँदै ऐन र कानुनहरु बनेपनि खेलकुद क्षेत्रमा त्यसको कार्यान्वयन फितलो भएको बताए ।

उनले प्रदेश खेलकुद परिषदले खेलकुदको विकासका लागि ४ वटा आधार स्तम्भ तयार गरेर अगाडि बढेको जानकारी दिए । पहिलो निती निर्माण, दोस्रो भौतिक संरचना, तेस्रो जनशक्ति र चौथो खेल गतिबिधि सहितको आधार स्तम्भ बनाएर परिषदले काम गरिरहेको उनले बताए । स्पष्ट निती नहुँदा खेलकुद क्षेत्रमा भएका करोडौंको संरचना खण्डहर बन्दै गएको बताउँदै सदस्य सचिव भट्टराईले लुम्बिनी प्रदेशको खेलको विकासलाई मात्र २५० जनशक्ति आवश्यक पर्ने परिषदले दरबन्दी प्रतिबेदन तयार गरेको जानकारी दिए ।

उनले नयाँ पुस्तालाई ब्याडमिन्टन खेलप्रति आकर्षण बढाउन र खेलिरहेका खेलाडीलाई टिकाइरहन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने पनि बताए ।

बाँके जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सञ्जय थापाले बिगतमा बाँकेले मात्र १८ पुरुष र ४ महिला अन्तराष्ट्रिय ब्याडमिन्टनको खेलाडी जन्माएको स्मरण गर्दै प्रतियोगिताले बाँकेको पुरानो शाख फर्काउने दाबी गरे ।

उनका अनुसार, १३ गतेसम्म चल्ने प्रतियोगितामा देशभरका दुई सय ५० जना खेलाडी नेपालगन्ज आएका छन् । प्रतियोगितामा २२ लाख बढी खर्च लाग्ने अनुमान गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषदका ब्याडमिन्टन प्रशिक्षक अनिललाखेका अनुसार प्रतियोगितामा पुरुष एकल खुल्ला, पुरुष डबल, महिला एकल, पुरुष युगल बी लेभल र ४५ प्लस भेट्रान्स डबल्स राखिएको छ । प्रतियोगितामा पुरुष एकलमा प्रथमलाई ७० हजार, द्वितियलाई ३५ हजार, तृतिय र चौथोलाई १५/१५ हजार, महिला एकलमा प्रथमलाई ६० हजार, द्वितियलाई ३० हजार, तृतिय र चौथोलाई १५/१५ हजार, पुरुष डबलमा प्रथमलाई ५० हजार, द्वितियलाई २५ हजार, तृतिय र चौथोलाई १५/१५ हजार, पुरुष डबल बी लेभलमा प्रथमलाई ३० हजार, द्वितियलाई २० हजार, तृतिय र चौथोलाई १०/१० हजार, पुरुष भेट्रान्समा प्रथमलाई ३० हजार, द्वितियलाई २० हजार, तृतिय र चौथोलाई १०/१० हजार पुरस्कार राखिएको छ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ४ : ३५ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले