२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

एनआरएनएद्वारा लुम्बिनी प्रदेशमा मोबाइल ब्लड बस हस्तान्तरण



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले लुम्बिनी प्रदेशमा घुम्ती मोबाइल ब्लड बस हस्तान्तरण गरेको छ ।

संघका अध्यक्ष डा. बद्री केसीले शुक्रवार नेपालगंजमा आयोजित एक समारोहकाबीच नेपालगंज उपमहानरपालिकाका कार्यबाहक नगरप्रमुख कलरुद्दिन राईमार्फत नेपाल रेडक्रस सोसाईटी बाँकेका अध्यक्ष गोवर्धन सिंह सम्झनालाई बस हस्तान्तरण गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष डा. केसीले ५० लाख भन्दा बढी नेपालीहरु विभिन्न बाध्यताले विदेशिन परेको बताए । उनले विदेशबाट दैनिक जस्तो १० देखि १२ जनाको शव नेपाल आउने गरेको प्रति दुःख व्यक्त गर्दै गैरआवासीय नेपाली संघले विदेशमा रहेका श्रमिकहरुको हितमा काम गर्दै आएको बताए। उनले संघले विगत दुई दशकमा १ खर्बको लगानी र १ अर्ब बराबारको परोपकारी काम गरेको जानकारी दिए ।

कार्यक्रममा नेपालगञ्ज उपमहानरपालिकाका कार्यवाहक नगरप्रमुख कलरुद्दिन राईले विदेशमा बस्ने नेपालीहरुको सहयोगमा लुम्बिनी प्रदेशमा मोबाइल ब्लड बस सहयोग गरेको प्रति खुसी व्यक्त गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रमण कुमार पोखरेल, नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय उपाध्यक्ष सुरेन्द्रसिंह ऐर लगायत स्थानीय सरकारी अधिकारीहरुको उपस्थिति थियो । यस्तै, गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामशरण सिमखडा, ओशिनिया क्षेत्रीय संयोजक दिनेश पोखरेल, हेमन्त काफ्ले आइसीसी सदस्य, सल्लाहकाहरु टिबी कार्की, भैरव ढकाल, भवानी ओली विधान संशोधन समितिका संयोजक, सत्यनारायण झा एनआरएनए माल्टा उपाध्यक्ष, संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत, अधिकृत कुनाल मिश्र, एनआरएन अभियान्ता तिर्थ भट्टराई लगायतको विशेष उपस्थिति थियो ।

सातै प्रदेशमा मोबाईल ब्लड बस सेवा संचालन गर्ने नीति अनुरुप गैरआवासीय नेपाली संघले यसअघि कोशी प्रदेश, मधेश प्रदेश, बागमती र शुदुरपश्चिम प्रदेश लगायतमा मोबाइल ब्लड बस हस्तान्तरण गरेको थियो । यस कार्यकालमा बाकी प्रदेशमा दिने योजना रहेको छ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  १० : २४ बजे

गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आजलाई तोकिएको

समपूरक र विशेष अनुदानका लागि मधेस प्रदेशबाट प्रस्ताव परेन, क्रमागत आयोजनाले बजेट नपाउने

काठमाडौं । आगामी आर्थिक वर्षका लागि समपूरक र विशेष अनुदानका

अठार वर्षपछि सडक कालोपत्र

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–६ दरवाङको उपल्लो बजारको बाटो १८

त्रिभुवन विश्वविद्यालयमा सङ्घीयताअनुरूप पुनःसंरचनाको गृहकार्य

काठमाडौं । त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ

तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी

तनहुँ । जिल्ला कारागारमा तीन सय २३ कैदीबन्दी छन् ।