१० असार २०८३, बुधबार | June 24, 2026

नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि एपिएफका प्रिन्स दाहाल र आर्मीकी रसिलालाई



नेपालगन्ज । प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि एपिएफका प्रिन्स दाहालले हात पारेका छन् । शनिबार नेपालगन्ज रंगशालास्थित कर्वड हलमा सम्पन्न फाईनल खेलमा नेपाल आर्मीका कविर केसीलाई २१ –७, २१–१४ को सोझो सेटमा पराजित गर्दै एपिएफका प्रिन्सले उपाधि हात पार्न सफल भएका हुन् । नेपाल प्रहरीका जिवन आचार्य र एपीएफका अमन महर्जन तेस्रो भए ।

सेमिफाईनलमा दाहालले नेपाल प्रहरीका जिवन आचार्यलाई २१–१६,२१–१२ ले तथा नेपाल आर्मीका कविर केसीले एपीएफका अमन महर्जनलाई २१–१७, २१–५ ले पराजित गर्दै फाईनल प्रबेश गरेका थिए ।

यसैगरी महिला एकलतर्फ नेपाल आर्मीकी रसिला महर्जनले एपीएफकी शोभा गौचनलाई २१–१०,२१–८ को सोझो सेटमा पराजित गर्दै उपाधि जितिन् । नेपाल प्रहरीकी नीता लम्साल र कैलालीकी एलिना सुनार तेस्रो भए ।

नेपाल आर्मीकी रसिला महर्जनले नेपाल प्रहरीकी नीता लम्साललाई १८–२१, २१–११, २१–६ ले तथा एपीएफकी शोभाले कैलालीकी एलिना सुनारलाई २१–१०,२१–१२ ले पराजित गर्दै फाईनल प्रवेश गरेका थिए ।

यस्तै पुरुष युगलतर्फ एपीएफका प्रिन्स दाहाल र बिजित थापामगरको जोडी प्रथम भयो । सो जोडीले एपीएफका क्षितिज खनाल र देवराज रानाको जोडीलाई २१–१४, २१–११ को सोझो सेटमा पराजित गरेको थियो । एपीएफका अमन महर्जन र रोशन साउदको जोडी तथा नेपाल प्रहरीका जिवन आचार्य र विष्णु कटवालको जोडी तेस्रो भएको थियो ।

यसैगरी पुरुष युगल(बी लेभल) तर्फ सुर्खेतका राजेन्द्र बम र खगेन्द्र खत्रीको जोडी प्रथम भयो । सो जोडीले सेमिफाईनलमा धनगढीका भरत चन्द र दिनेश थापामगरको जोडीलाई २१–१७, २३–२१ ले पराजित गरेको थियो । नेपाल प्रहरीको चक्रबहादुर डम्बरपाल र अविक श्रेष्ठको जोडी तथा गुलरियाका सरद खड्का र अनुपम न्यौपानेको जोडी तेस्रो भए ।

त्यस्तै पुरुष युगल (भेट्रान्स ४५ प्लस) तर्फ बाँकेको जयन्त श्रेष्ठ र अनिल लाखेको जोडी प्रथम भयो । श्रेष्ठ र लाखेको जोडीले होटल स्टारलाईटका हरी खत्री र राजकुमार पोखरेलको जोडीलाई २२–२०, २१–१६ सोझो सेटमा पराजित गर्दै प्रथम भएका हुन् ।

बुटवलका वीरेन्द्र विष्ट र रितेश थापाको जोडी तथा बाँकेका अरुण गौतम र अभयलाल श्रेष्ठको जोडी तेस्रो भए ।

पुरुष एकलका विजेताले नगद ७० हजार, दोस्रोले ३५ हजार तथा तेस्रो हुनेले १५/१५ हजार नगद प्राप्त गरेका छन् । यस्तै महिला एकलका विजेताले ६० हजार, दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुनेले १५÷१५ हजार प्राप्त गरेका छन् भने पुरुष युगलका विजेताले नगद ५० हजार, दोस्रोले २५ हजार तथा तेस्रो हुनेले १५/१५ हजार प्राप्त गगरे ।

यस्तै पुरुष युगल (बी लेभल)ले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०/१० हजार प्राप्त गरे । यसैगरी पुरुष युगल (भेट्रान्स ४५ प्लस)का विजेताले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०/१० हजार रुपैयाँ प्राप्त गरेकाछन् ।

समापन समारोहका प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका मुख्य सचेतक जन्मजय तिमिल्सिना, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, प्रदेश खेलकुद परिषद लुम्बिनी प्रदेशका सदस्य सचिव जयप्रकाश भट्टराई, नेपालगन्जका कार्यबाहक मेयर कमरुद्दिन राई, प्रदेश खेलकुद परिषद लुम्बिनी प्रदेशका सदस्य नरेन्द्र थापा, जिल्ला खेलकुद बिकास समिति बाकेका अध्यक्ष सन्दिप जंग शाहलगायतले विजेता खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद पुरस्कार वितरण गरेका थिए ।

सो अवसरमा बाँके जिल्ला व्याडमिन्टन संघका अध्यक्ष संजय थापाले सहयोगी संस्था, प्रमुख अतिथी तथा अतिथीलगायतलाई मायाको चिनो, कदरपत्र प्रदान गर्दै सबैलाई धन्यबाद दिए ।

नकआउट आधारमा भएको प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी, एपिएफ तथा नेपाल पुलिस सहितका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय करिव २ सय ५० जना खेलाडीको सहभागीता रहेको थियो । बाँके जिल्ला व्याडमिन्टन संघको आयोजना तथा प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशको मुख्य प्रायोजनमा प्रतियोगिता सञ्चालन गरिएको हो ।

बाँकेको नेपालगन्जमा २५ वर्षपछि राष्ट्रिय स्तरको ब्याटमिन्टन प्रतियोगिता आयोजना भएको हो । यसअघि नेपालगन्जमा २०५५ सालमा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता भएको थियो । त्यसयता ब्याडमिन्टनको राष्ट्रिय प्रतियोगिता सञ्चालनमा आएको थिएन ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ८ : ३१ बजे

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया

बुटवल उपमहानगरको ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३

नेपालगन्ज उपमहानगरको बजेट १ अर्ब, ७६ करोड ६४ लाख

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको १९ औं नगरसभा नेपालगन्जमा सुरु भएको

चिमखोलाको पहिचान र म्याग्दीको गौरव थाली नाच

बेनी । दुवै हातका पञ्जामा चम्किला थाली । गीतको लयसँगै

महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम

बुटवल । महिलालाई सीपसँगै उद्यमशीलतासँग जोड्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–७ नं