१ पुस २०८२, मंगलबार | December 16, 2025

नेपालगन्ज-कैलाश मानसरोवर दुरदर्शन* उडान सुरु



नेपालगन्ज । लामो समयको प्रयासपछि नेपालगन्जबाट कैलाश मानसरोवर दुरदर्शनका लागि उडान सुरु भएको छ । श्री एयरलाइन्सको चार्टर विमानबाट परिक्षणका रुपमा मानसरोबरको दुरदर्शन उडानको सेवा प्रारम्भ भएको हो ।

भारतको दिल्ली, मुम्बइ, गुजरात, उत्तरप्रदेशलगायत स्थानबाट नेपालगञ्ज आएका ३८ जना भारतीय पर्यटकलाई लिएर चार्टर विमानबाटै कैलाश मानसरोवरको दर्शन गर्ने गरि त्यस तर्फ प्रस्थान गरेको नेपाल एशोशिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताए ।

अन्तरराष्ट्रिय उडान मापदण्ड अनुसार १० माइल भन्दा टाढा नेपाली आकाशबाट मानसरोबरको दर्शन गर्ने ब्यवस्था मिलाइएको सिग्देलले बताए । अन्तरराष्ट्रिय उडान मापदण्ड अनुसार अर्को देशको आकासको १० माइल भन्दा पर मात्र उडान गर्न पाइने ब्यवस्था रहेको छ । सोही मापदण्ड अनुसार श्री एयरलाइन्सले परक्षिणकारुपमा नेपाली आकासबाटै मानसरोबरको दर्शन गराएर बिमान नेपालगन्ज फर्केको हो ।

पर्यटन व्यवसायी तथा मेरो प्लानेटका प्रबन्ध निर्देशक डा. ओम मिश्रले लामो समयको प्रयासपछि उडान प्रारम्भ भएकामा खुशी व्यक्त गर्दै नेपालगन्ज पर्यटकीय गन्तव्यको रुपमा स्थापित भएको बताए ।

नेपालगन्जको पर्यटन प्रर्वद्धनमा नेपालगन्ज-कैलाश मानसरोवर दर्शनको उडान फलदायी हुने विश्वास व्यक्त गर्दै नेपालगन्ज-पोखराको उडानलाई प्रभावकारी बनाउन आग्रह गरे ।

नोट : शिर्शक सम्पादन गरिएको

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ४ : ५३ बजे

एमाले ११ औँ महाधिवेशनमा आज मतदान, ओली र पोखरेलबीच अध्यक्ष पदको प्रतिस्पर्धा

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड

काठमाडौं । देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं । नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका