३० बैशाख २०८१, आइतबार | May 12, 2024

मंगलबारदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने



काठमाडौं । मंगलबारदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाए अनुसार मंगलबारदेखि ५ बजे सम्म कार्यालय खुल्ला हुने भएको हो ।

सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो । वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् ।

शुक्रबारका दिन बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ला रहने गृहमन्त्रालयले जनाएको छ । सरकारले दिउँसो १ः३० देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरेको छ ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ९ : १६ बजे

राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालको राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले

बालेन भन्छन्- गिरीबन्धु टि-इस्टेट प्रकरणमा तत्कालिन ओली नेतृत्वको सरकारलाई कारवाही गर्नुपर्छ

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले  झापास्थित गिरीबन्धु चिया

संसदीय समिति बनाउन प्रधानमन्त्री सकरात्मक हुनुहुन्छ- कांग्रेस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफल सकारात्मक भएको

भरतपुरमा अज्ञात समूहले स्कुल बसमा आगजनी

चितवन ।  चितवनको भरतपुरमा विद्यार्थी लिन गएको स्माल हेभन स्कुल

तिलोत्तमाको शंकनगरचोकमा स्कुटर ठोक्किंदा २ जना घाइते, एकको अवस्था गम्भीर

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका २ शंकरनगरचोकमा दुई स्कुटी एक