८ बैशाख २०८३, मंगलबार | April 21, 2026

दक्षिण अफ्रिका र माली अफ्रिकन कपको क्वाटरफाइनलमा



काठमाडौं । दक्षिण अफ्रिकाले मोरक्कोलाई पराजित गर्दै अफ्रिकन कप अफ नेसन्सको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । गएराती सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले मोरक्कोलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

दक्षिण अफ्रिकाको जितमा एभिडेन्स माकगोपा र टेबोहो मोकेएनाले एक एक गोल गरेका थिए ।

त्यस्तै यस खेलमा खेलको ९४ औं मिनेटमा मोरक्कोका सोफयान अमराबतले रातो कार्ड पाएका थिए । यस खेलमा खेलको ८५ औं मिनेटमा मोरक्कोले पाएको पेनाल्टी अचर्फ हाकिमीले बारमा हानेपछि मोरक्कोले खेल बराबरी गर्ने अवसर गुमाएको थियो ।

त्यस्तै गएराती नै सम्पन्न खेलमा मालीले ब्रुकिना फासोलाई २-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ । अब क्वाटरफाइनलमा दक्षिण अफ्रिकाले केप भर्डेको सामना गर्ने छ भने मालीले आइभरी कोष्टको सामना गर्ने छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ७ : ५७ बजे

बुटवलमा ‘एटिएस एप’ सार्वजनिक, सवारी सुरक्षा र पार्किङ व्यवस्थापनमा सहयोगी हुने दाबी

बुटवल । सवारी साधनको सुरक्षा र पार्किङ समस्यालाई समाधान गर्ने

रवि लामिछानेको सांसद पद निलम्बन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई

एमालेले माग्यो गृहमन्त्री गुरुङको राजीनामा, उच्चस्तरीय छानबिन गर्न माग

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ विवादमा तानिएपछि उनको राजीनामाको माग

दाताले गरे पौडी पोखरीका लागि ‘वासिङ मसिन’ प्रदान

नेपालगन्ज । नेपालगन्जस्थित साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पौडी

प्रतिनिधिसभा बैठकमा फोटो, अडियो–भिडियो रेकर्डमा प्रतिबन्ध

काठमाडौं । प्रतिनिधिसभाको बैठक कक्षभित्र सांसदहरूले अब फोटो खिच्न तथा