४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

घाना अफ्रिकन कपबाट बाहिरियो



काठमाडौं । घाना अफ्रिकन कप अफ नेसन्सबाट बाहिरिएको छ । गएराती सम्पन्न समूह चरणको अन्तिम खेलमा घाना मोजाम्बेकसँग २-२ गोलको बराबरीमा रोकिएपछि घाना प्रतियोगिताबाट बाहिरिएको हो ।

समुह ‘बी’ मा रहेको घाना यो बराबरीपछि ३ खेलबाट २ अंकसहित तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको हो । चार पटक अफ्रिकन कप जितेको घाना यस प्रतियोगितामा पहिलो खेलमा केप भेर्डेसँग २-१ गोलले पराजित भएको थियो भने दोस्रो खेलमा इजिप्टसँग बराबरीमा रोकिएको थियो ।

अफ्रिकन कपमा समूह ‘ए’ बाट इक्वेटोरियल गिनी र नाइजेरिया तथा केप भेर्डे र इजिप्ट दोस्रो चरणमा पुगेका छन् । तेस्रो स्थानमा रहेका शीर्ष चार देश दोस्रो चरणमा पुग्ने छन् । आयोजक आइभरी कोष्ट समूह ‘ए’ बाट ३ खेलमा ३ अंकसहित तेस्रो स्थानमा छ भने दोस्रो चरणमा पुग्ने सम्भावना जीवितै छ ।

त्यस्तै, समूह ‘ए’ बाट गिनी बिसाउ तथा समूह ‘बी’ बाट घाना र मोजाम्बेक प्रतियोगिताबाट बाहिरिएका छन् ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ८ : ३६ बजे

विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक, लुम्बिनीमा थन्किएको बसलाई छिट्टै प्रयोगमा ल्याइने

ललितपुर । सरोकारवालाहरूले समृद्ध पर्यटनका लागि विद्युतीय सवारीसाधनको प्रयोगमा जोड

डिटीएमएक्स-९७७ च्याम्पियनसिप सिरिज फिनालेः डर्टबाइक रेसिङको टिकटिङ आइएमई पेबाट

काठमाडौं । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको

कोशीमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं । कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ

नेपाली कांग्रेस सत्ता बिना बस्नै सकेन : महासचिव पोखरेल

नेपालगन्ज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस

सत्ता गठबन्धनभित्रै बाट आयो संसदीय छानबिन गठन गर्नु पर्ने आवाज

काठमाडौं । सत्ता गठबन्धन भित्रका एमाले र माओवादीले कांग्रेसको माग