१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

सिन्धुपाल्चोकमा कार दुर्घटना हुँदा २ भुटानी पर्यटकको मृत्यु, घाइतेको हेलिकप्टरबाट उद्धार



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित दोरिम भिरमा कार दुर्घटना हुँदा २ जना भुटानी नागरिकको ज्यान गएको छ । दुर्घटनामा मृत्यु हुनेमा ३३ वर्षीय अब्गो र ७१ वर्षीया वाङ्मु रहेको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ ।

सो दुर्घटनामा घाइते भएका पाँचजना मध्ये एकजना नेपाली कार चालक रहेका गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।

भुटानबाट नेपाल घुम्न आएका पर्यटक चढेको बा २ च ४४५० नम्बरको ल्याण्ड क्रुइजर गाडी बुधबार बिहान ११ बजे सडकबाट ५० मिटर तल खस्दा एक महिला र एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

पाँचजना घाइतेमध्य चार पुरुष र एक महिला रहेका छन् । घाइते मध्ये दुई जनालाई फिस्टेल एयरको हेलिकप्टरबाट काठमाडौंस्थित केमसी अस्पताल पठाइएको र बाँकी ३ जनालाई लिन पुनः हेलिकप्टर आउने तारीमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  २ : ४३ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा