२७ कार्तिक २०८३, शुक्रबार | November 13, 2026

सरकारले भीमफेदी दुर्घटनाका घाइतेको उपचार र मृतकका परिवारलाई क्षतिपूर्तिको प्रक्रिया अघि बढायो



काठमाडौं । सरकारले मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक सवारी दुर्घटनाका घाइतेहरूको उपचार तथा मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार दुर्घटनामा घाइते भएकाहरूको उपचारलाई उच्च प्राथमिकतामा राखिएको छ। घाइतेहरूको स्वास्थ्योपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई आवश्यक निर्देशन दिइएको कार्यालयले जनाएको छ।

काठमाडौँ–सर्लाही रुटमा सञ्चालन हुँदै आएको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको सवारीसाधन मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खस्दा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए।

दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका र एक जना चालक बागमती नगरपालिकाका रहेको विज्ञप्तिमा उल्लेख छ।

सरकारका अनुसार घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

मृतकका परिवारले पाउनुपर्ने क्षतिपूर्ति तथा घाइतेहरूको उपचार खर्च यातायात व्यवस्था ऐन, २०४९ र प्रचलित बीमा कानुनअनुसार यथाशीघ्र उपलब्ध गराउने व्यवस्था मिलाउन सम्बन्धित सवारीधनी, यातायात व्यवसायी र बीमा कम्पनीसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

यसैगरी दुर्घटनाको वास्तविक कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन तयार गर्न मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात दिनभित्र प्रतिवेदन पेस गर्ने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ।

सरकारले दुर्घटनाबाट प्रभावित परिवारलाई आवश्यक सहयोग तथा सहजीकरण गर्न प्रतिबद्ध रहेको जनाएको छ। विज्ञप्तिमार्फत सरकारले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव एवं प्रवक्ता प्रेमप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा पीडित परिवारलाई आवश्यक सहयोग र सहजीकरणका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख छ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार  १२ : ५३ बजे

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त

काठमाडौं । सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त भएका छन्

सरकारले भीमफेदी दुर्घटनाका घाइतेको उपचार र मृतकका परिवारलाई क्षतिपूर्तिको प्रक्रिया अघि बढायो

काठमाडौं । सरकारले मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक सवारी दुर्घटनाका घाइतेहरूको

आइटियुमा नेपालको सहभागिता अर्थपूर्ण र प्रभावकारी रह्यो : सञ्चारमन्त्री

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तर्राष्ट्रिय दूरसञ्चार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु १२

तीन सय ८६ वर्ष पुरानो ऐतिहासिक कार्तिक नाच आजदेखि प्रदर्शन हुँदै

ललितपुर । मल्लकालीन कला, संस्कृति र नाट्य परम्पराको जीवन्त धरोहरका