४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

स्थापना दिवसमा प्रेस चौतारी रुपन्देहीको मैत्रीपूर्ण फुटसल र रक्तदान कार्यक्रम



बुटवल । प्रेस चौतारी नेपालको २६ औ स्थापना दिवसको अवसरमा रुपन्देही शाखाले आयोजना गर्न लागेको मैत्रीपूर्ण फूटसल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रेस चौतारी रुपन्देहीले यही माघ २० गते रुपन्देहीमा क्रियाशिल व्यावसायिक र सामाजिक संघसंस्थाबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता र २२ गते रक्तदान कार्यक्रम गर्दै छ ।

पत्रकार हकहित र अधिकारसंगै सामाजिक कार्यमा अग्रसर रहेको संस्थाको केन्द्रीय सर्कुलर अनुसार शाखामा आफ्नो स्थापना दिवसमा विविध रचनात्मक कार्यक्रम गर्न लागिएको प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले बताए । स्थापना दिवसको अवसर पारेर ब्यवसायिक र सामाजिक संघसंस्थाहरु बिचमा फुटसल प्रतियोगिता, रक्तदान र डिजिटिल मिडिया सम्बन्धी पत्रकारहरुलाई तालिम गर्ने तय भएको अध्यक्ष पौडेलले बताए । पत्रकार हकहितसंगै दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ २ दिने डिजिटल मिडिया सम्बन्धी तालिम गर्न लागिएको कार्यक्रम संयोजक उपाध्यक्ष बीपी गौतमले बताए ।

कार्यक्रम भब्य र सभ्य ढंगबाट सम्पन्न गर्न उपसमिति बनाएर जिम्मेवारीसहित तयारी भैरहेको उनले बताए । रुपन्देहीमा रहेका ब्यावसायिक, सामाजिक संघसंस्थाहरु बिच खेलमार्फत भातृत्व विकास गर्ने उद्देश्यका साथ माघ २० र २१ गते (दुई दिन) मैत्रीपुर्ण फुटसल प्रतियोगिताको तयारी पुरा भएको संयोजक दिनेश कुमार श्रेष्ठले बताए । प्रतियोगितामा विहिबारसम्म २ दर्जन बढी संघसंस्थाहरुको नाम दर्ता भएको उनले बताए ।

यसैगरी स्थापनाको मुख्य दिन माघ २२ गते नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलमा विशेष रक्तदान कार्यक्रमको आवश्यक तयारी पूरा गरेको संयोजक स्वस्तिक श्रेष्ठले बताए । ब्लड बैकमा विभिन्न ब्लड ग्रुपको अभावलाई मध्येनजर गरी रक्तदान कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको उनले बताए ।
रुपन्देहीमा संस्थाबाट हरेक वर्ष रक्तदानको अभियानलाई निरन्तरता दिदै आएको उपाध्यक्ष भगवती पाण्डेले बताईन् ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ५ : २८ बजे

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं । सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा

बनेपाका एक हजार घरमा ‘कौसीखेती’

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्र्धन