३ भदौ २०८३, बुधबार | August 19, 2026

स्थापना दिवसमा प्रेस चौतारी रुपन्देहीको मैत्रीपूर्ण फुटसल र रक्तदान कार्यक्रम



बुटवल । प्रेस चौतारी नेपालको २६ औ स्थापना दिवसको अवसरमा रुपन्देही शाखाले आयोजना गर्न लागेको मैत्रीपूर्ण फूटसल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रेस चौतारी रुपन्देहीले यही माघ २० गते रुपन्देहीमा क्रियाशिल व्यावसायिक र सामाजिक संघसंस्थाबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता र २२ गते रक्तदान कार्यक्रम गर्दै छ ।

पत्रकार हकहित र अधिकारसंगै सामाजिक कार्यमा अग्रसर रहेको संस्थाको केन्द्रीय सर्कुलर अनुसार शाखामा आफ्नो स्थापना दिवसमा विविध रचनात्मक कार्यक्रम गर्न लागिएको प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले बताए । स्थापना दिवसको अवसर पारेर ब्यवसायिक र सामाजिक संघसंस्थाहरु बिचमा फुटसल प्रतियोगिता, रक्तदान र डिजिटिल मिडिया सम्बन्धी पत्रकारहरुलाई तालिम गर्ने तय भएको अध्यक्ष पौडेलले बताए । पत्रकार हकहितसंगै दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ २ दिने डिजिटल मिडिया सम्बन्धी तालिम गर्न लागिएको कार्यक्रम संयोजक उपाध्यक्ष बीपी गौतमले बताए ।

कार्यक्रम भब्य र सभ्य ढंगबाट सम्पन्न गर्न उपसमिति बनाएर जिम्मेवारीसहित तयारी भैरहेको उनले बताए । रुपन्देहीमा रहेका ब्यावसायिक, सामाजिक संघसंस्थाहरु बिच खेलमार्फत भातृत्व विकास गर्ने उद्देश्यका साथ माघ २० र २१ गते (दुई दिन) मैत्रीपुर्ण फुटसल प्रतियोगिताको तयारी पुरा भएको संयोजक दिनेश कुमार श्रेष्ठले बताए । प्रतियोगितामा विहिबारसम्म २ दर्जन बढी संघसंस्थाहरुको नाम दर्ता भएको उनले बताए ।

यसैगरी स्थापनाको मुख्य दिन माघ २२ गते नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलमा विशेष रक्तदान कार्यक्रमको आवश्यक तयारी पूरा गरेको संयोजक स्वस्तिक श्रेष्ठले बताए । ब्लड बैकमा विभिन्न ब्लड ग्रुपको अभावलाई मध्येनजर गरी रक्तदान कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको उनले बताए ।
रुपन्देहीमा संस्थाबाट हरेक वर्ष रक्तदानको अभियानलाई निरन्तरता दिदै आएको उपाध्यक्ष भगवती पाण्डेले बताईन् ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ५ : २८ बजे

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने

रास्वपा सांसदहरूले कुटाई खाने दिन आउन लागेको अमरेशकुमारको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पार्टीका सांसदहरूले

लोकतन्त्र संकटमा छ, अहिले वालेन्द्रतन्त्र स्थापित भएको छ : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री

प्रेस काउन्सिलका चार सदस्यको शपथ

काठमाडौँ । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार