२६ माघ २०८२, सोमबार | February 9, 2026

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५७ प्रतिशत उत्तीर्ण



काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ। काउन्सिलले लिएको परीक्षामा एमबीबीएस र बीडीएस गरी कुल ५६.६८ प्रतिशत उत्तीर्ण भएका छन्।

काउन्सिलका निमित्त रजिष्ट्रार डा विश्व दवाडीका अनुसार एमबीबीएस तर्फ ५५ दशमलव ९६ र बीडीएस तर्फ ६१ दशमलव शून्य पाँच प्रतिशत उत्तीर्ण भएका हुन्। परीक्षामा एमबीबीएसतर्फ १ हजार ७ सय ५७ जना विद्यार्थीले लाइसेन्स परीक्षाका लागि आवेदन दिएका थिए।

आवेदन दिएका मध्ये १ हजार ७ सय ३७ विद्यार्थी परीक्षामा सहभागी भएकामा ९ सय ७२ जना पास भएका हुन्। एमबीबीएसतर्फका ७ सय ६५ जना परीक्षार्थी फेल भएका छन्।

यसैगरी, बीडीएस तर्फ २ सय ८५ जनाले परीक्षा दिएकामा १ सय ७४ जना पास भएका छन्। बीडीएस तर्फ १११ जना भने फेल भएका छन्।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ७ : ३२ बजे

काठमाडौं-५ बाट ७० भन्दा बढी व्यक्ति नेकपामा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा आज विभिन्न पेशा व्यवसायका

सोसल मिडियाको स्टन्टले देश बन्दैन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

बुटवलमा ‘बिग मास्टर’को रिटेल-होलसेल अन्तरक्रिया, ३३० एमएल बोटल सार्वजनिक

बुटवल । स्वदेशमै उत्पादन हुँदै आएको रोयल काठमाडौं बेभरेज प्रालिको

श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड २० रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा आयोजक श्रीलंकाले विजयी सुरुवात

रुद्रवेणी-वामीटक्सार सडक अवरुद्ध हुने

गुल्मी । गुल्मीको रिडी‐रुद्रवेणी-वामीटक्सार-सडकखण्ड आजदेखि अवरुद्ध हुने भएको छ ।