६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

पटक पटक मापदण्ड विपरित औषधि उत्पादन गर्ने लोमसको ‘ओनो सिरप’ पनि बिक्रीगर्न प्रतिबन्ध



काठमाडौं । पटक पटक मापदण्ड विपरित औषधि उत्पादन गर्ने एक औषधि कम्पनीलाई औषधि व्यवस्था विभागले मापदण्ड विपरितका औषधि बिक्री वितरणमा रोक लगाएको छ । केहीदिन अगाडी मापदण्ड विपरितको प्यारासिटामोल उत्पादन गरेको लोमस फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ओनो सिरप नाम गरेको औषधि पनि मापदण्ड विपरितको पाइएपछि औषधि व्यवस्था विभागले बिक्रीमा रोक लगाएको हो ।

ओनो सिरप नामको औषधिको बजारबाट नमुना ल्याएर परीक्षण गर्दा मापदण्ड अनुसार नपाइएको विभागको सूचनामा उल्लेख छ ।

बजार अनुगमनका क्रममा ल्याइएको ओएलएसओ-१२३ ब्याचको नमूना राष्ट्रिय औषधि प्रयोगशालाम परीक्षण गर्दा मापदण्ड अनुसार नपाइएको विभागले जनाएको छ । परीक्षणमा मापदण्ड अनुसार नभएकै कारण सो औषधि बिक्रीमा रोक लगाइएको हो ।

उक्त औषधि वाकवाकी र उल्टीको रोकथामका लागि प्रयोग गरिन्छ । विभागले गत साता पनि लोमसले उत्पादन गरेको सेटोफेन (प्यारासिटामोल) ट्यावलेटको सीटी – २०२३ ब्याचको औषधि पनि ‘डज नट कम्प्लाइ’ भन्दै बजारबाट फिर्ता (रिकल) गर्न निर्देशन दिएको थियो ।

विभागले ओनो सिरपको ‘लिकेज’को सम्वन्धमा जाँचबुझ प्रतिवेदन सहित उद्योगको मुख्य प्राविधिकलाई १५ दिन भित्र विभागमा उपस्थित हुनका लागि समेत निर्देशन दिएको छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  १ : ०९ बजे

‘लण्डन टु पेरिस’को नयाँ गीत सार्वजनिक

काठमाडौं । आगामी जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै

बागमती । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको

कार्यादेश बनाउने कार्यदलको बैठक जारी

काठमाडौं ।  सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर)

सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले आजको प्रतिनिधिसभाको बैठक अघि प्रमुख

आयुर्वेद तेलका नाममा श्रीकेश तेलको ठगी धन्दा, उपभोक्ता झुक्याउँदै !

काठमाडौं । काठमाडौंको मध्य बानेश्वरमा कार्यालय खडा गरि झरेको कपाल