१२ असार २०८३, शुक्रबार | June 26, 2026

जनयुद्ध र जनआन्दोलनलाई जनसंघर्षको उत्सवको रुपमा मनाउने आजपाको निर्णय



काठमाडौं । आम जनता पार्टी (आजपा) ले जनयुद्ध र जनआन्दोलनलाई जनसंघर्षको उत्सवको रुपमा मनाउने निर्णय गरेको छ। आजपाको केन्द्रीय कमिटीको काठमाडौंमा सम्पन्न बैठक पश्चात आज जारी बिज्ञप्तीमा जनयुद्ध र जनआन्दोलनलाई जनसंघर्षको उत्सवको रुपमा मनाउने निर्णय गरेको जनाइएको छ।

जनयुद्ध र जनआन्दोलनलाई जनसंघर्षको उत्सवको रुपमा मनाउँने निर्णय गरेको आजपाले आन्दोलनका कार्यक्रमलाई थप सशक्त एवं निर्णायक ढंगले अगाडि बढाउने निर्णय समेत गरेको छ।

बैंक, लघुवित तथा सहकारीको लुट विरुद्धको संघर्षलाई व्यापक बनाउने, भन्सार लगायतका राजस्व लुट विरुद्धको आन्दोलनलाई निर्णायक बनाउने, भ्रष्टाचार विरुद्धको संघर्षलाई थप सशक्त बनाउने, वैदेशिक रोजगारमा हुने ठगी विरुद्धको आन्दोलनलाई अझ सशक्त बनाउने, भगौडा दलाल पूँजीपतीहरुको सम्पत्ति कब्जा गरी राज्यलाई बुझाउने निर्णय बैठकले गरेको आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन्।

यसैगरी राज्यको हरेक निकाय एवं अंगमा महिलालाई ५१ प्रतिशत अधिकार सुनिश्चित गराउन, मदरसा शिक्षालाई बैधानिकता दिलाउन, उपत्यका बाहिर सार्वजनिक यातायातमा विद्यार्थीलाई छुट दिलाउन, गरिब दलितहरुलाई रोजगार र आवासको व्यवस्था गराउन तथा किसानलाई वीऊ, मल, पानी र पेनशन दिलाउन लगायतका जनपक्षीय मुद्दाहरुमा जारी संघर्षहरुलाई निरन्तरता दिने निर्णय बैठकले गरेको छ।

गत १९ र २१ माघमा काठमाडौं स्थित केन्द्रीय कार्यालयमा आजपा अध्यक्ष प्रभु साहको अध्यक्षतामा बसेको बैठकले विगतमा पार्टीद्धारा गरिएका बिभिन्न कार्य एवं आन्दोलनको समिक्षा समेत गरिएको छ। भगौडा वर्गविरुद्धको संघर्ष, वैदेशिक रोजगारका ठगीविरुद्धको संघर्ष, बैंक–लघुवित्त र सहकारीको लुटविरुद्धको संघर्ष, भन्सारलगायतका राजस्व लुटविरुद्धको आन्दोलन, भ्रष्टाचारविरुद्धको संघर्ष सहितका जनपक्षीय संघर्षहरुले आम जनतामा आत्मविश्वास र उत्साह तथा राज्यमाथि व्यापक जनदवाव बढाएको निष्कर्ष बैठकको छ।

यसैगरी पछिल्लो स्थायी कमिटीको बैठक पछि सातै प्रदेश कमिटीहरुको बैठक र मुख्यतः लगभग सबै जिल्ला नेतृत्वको चयन तथा आईटी आर्मीको राष्ट्रिय भेला र प्रशिक्षण कार्यक्रम, मधेश बन्द, पार्टीमा प्रवेशको जनलहर, काठमाडौंमा भ्रष्टाचार विरुद्धको मोटरसाईकल र्‍यालीलगायतका कार्यक्रमहरुले पार्टी पंक्तिमा विशेष उत्साह एवं उर्जाको रक्तसञ्चार गरेको निष्कर्ष बैठकको छ।

पार्टी केन्द्रीय कमिटीलाई पुर्नगठन गर्दै पार्टीका नेता रामपृत रामलाई सल्लाहकार समितिमा राख्ने निर्णय बैठकले गरेको छ। यस्तै आजपाले ‘दलतन्त्रको विरुद्ध संघर्षको दिशामा अघि बढौं १ संगठन निर्माण र विस्तारमा जोड गरौं ११’ भन्ने मुल नारा सहित संगठन बिस्तार गर्ने निर्णय समेत गरेको छ।

यसैगरी बैठकले राष्ट्रिय मानवअधिकार आयोगद्धारा बिना कुनै आधार प्रमाण, कपोलकल्पित, कुण्ठित एवं पुर्वाग्रही ढंगले पार्टी अध्यक्ष प्रभु साहको नाम मानव अधिकार उल्लंघनकर्ताको रुपमा सम्प्रेषित गरेर आयोगले उल्टै मानवअधिकारको उल्लंघन गरेको निष्कर्षसहित यसको प्रतिवाद गर्ने निर्णय बैठकले गरेको छ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ७ : ५४ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३