९ श्रावण २०८३, शनिबार | July 25, 2026

पुनम पाण्डे भारत सरकारको ‘सर्बाइकल क्यान्सर’ को ब्रान्ड एम्बेस्डर बन्न सक्ने



मुम्बई । अभिनेत्री तथा मोडल पुनम पाण्डे सरकारको पाठेघरको मुखको क्यान्सर अभियानको ब्रान्ड एम्बेस्डर बन्ने देखिएको छ । पछिल्ला केही दिनदेखि आफ्नो मृत्युको अफवाह फैलाएर चर्चामा रहेकी पाण्डे सर्वाइकल क्यान्सरको बारेमा जनचेतना फैलाउनका लागि भारत सरकारको ब्रान्ड एम्बेसडर बन्न सक्ने देखिएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार त्यसका लागि अभिनेत्री पुनम पाण्डे र उनको टोलीले केन्द्रीय स्वास्थ्य मन्त्रालयसँग कुराकानी गरिरहेको छ । पूनम पाण्डे पाठेघरको मुखको क्यान्सर सम्बन्धी सरकारले चलिरहेको सचेतना कार्यक्रमको ब्रान्ड एम्बेसडर बन्न सक्ने भएको उनीहरूले लेखेका छन् ।

वास्तवमा यस महिनाको सुरुमा पाण्डेको पीआर टोलीले उनको आधिकारिक इन्स्टाग्राम खाताबाट अभिनेत्रीको मृत्युको गलत समाचार पोस्ट गरेको थियो। पोस्टमा भनिएको थियो कि अभिनेत्रीको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु भएको हो ।

बिरामी भएर एक्कासी निधन भएको खबरले सबैलाई चकित बनाएको थियो । तर भोलिपल्टै यो खबर झुटो भएको खुलासा भयो र जब पुनमले नै पाठेघरको मुखको क्यान्सरबारे जनचेतना फैलाउन यो स्टन्ट गरेकी बताइन ।

फेब्रुअरी ३ मा पुनम पाण्डेले भिडियो पोस्ट गरेर आफू जीवित रहेको जानकारी दिएकी थिइन् । उनले भनिन्, ‘म यो गर्न बाध्य महसुस गर्छु । म तपाईहरू सबैसँग केही महत्त्वपूर्ण कुराहरू साझा गर्दैछु, म यहाँ छु, जीवित छु । पाठेघरको मुखको क्यान्सरले मलाई मारेको छैन तर यो रोगसँग कसरी लड्ने भन्ने जानकारी नहुँदा हजारौं महिलाको ज्यान लिइसकेको छ ।’

पुनमले अगाडी भनेकी थिइन, ‘अन्य क्यान्सरजस्तै पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ । महत्त्वपूर्ण कुरा यो हो कि यसका लागि एचपीभी भ्याक्सिन र प्रारम्भिक पहिचान परीक्षणहरू छन् । यो रोगबाट कसैको मृत्यु नहोस् भन्ने सुनिश्चित गर्ने उपाय हामीसँग छ ।’ पूनमले पाठेघरको मुखको क्यान्सरबारे मानिसहरूलाई सचेत गराउन आफूले मृत्युको नक्कली गरेको बताएकी थिइन् । त्यसपछि उनी निकै चर्चामा आएकी थिइन ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ८ : १७ बजे

सांसद गणेश पौडेलमाथि मसी छ्याप्नेलाई कारवाही गर्न रास्वपाको माग 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम । गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न राष्ट्र बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’

दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व सङ्कलन

दाङ । ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२/०८३

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु दश अर्ब राजस्व सङ्कलन

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा