४ पुस २०८२, शुक्रबार | December 19, 2025

उपाध्यक्ष बामदेवले राखेको प्रस्ताव पार्टी एकताको पक्षमा छ : नेता थापा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले नेकपा  एकताको दिशातर्फ उन्मुख भएको बताएका छन् ।

काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै नेता थापाले उपाध्यक्ष बामदेव गौतमले पार्टी एकताको पक्षमा राखेको ६ बुँदे प्रस्ताव पार्टी एकताको बिन्दु हुन सक्ने बताए ।

आफूलगायत ११ जना स्थायी कमिटी सदस्यले यसअघि नै त्यही आशयको प्रस्ताव ल्याइसकेको उनको भनाइ थियो ।उनले हिजोबाट नेकपाको शक्ति सन्तुलन एकताको पक्षमा देखिएको समेत स्पष्ट पारे ।

“हिजोबाट हाम्रो पार्टी एकताताको स्पिरिटमा आइपुगेका छौँ, अब यही कोर्समा पार्टी अघि बढ्छ, म एकताको पक्षमा छु । म महाधिवेशनबाट नयाँ नेकपा बनाउने पक्षमा छु । अबको एकता महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने पक्षमा छु ।”थापाको भनाई थियो ।

उनले पार्टीभित्र पछिल्लो समय चलेको बहस र आन्तरिक सङ्घर्षले पार्टी टुटफूट हुने हो कि भन्ने आम नेता तथा कार्यकर्तामा चिन्ता भए पनि पार्टी फुटको चरणमा नभएको दाबी गरे ।

उनले भने, “हाम्रो पार्टी फुटको चरणमा छैन् तर शक्ति सङ्घर्ष उत्कर्षमा पुगेको छ । यो शक्ति सङ्घर्ष कुनै वैचारिक होइन, व्यक्तिगत पद र प्रतिष्ठाको लागि जस्तो देखिएको छ ।” पार्टीमा बहुमत अल्पमतको आधारमा नभइ सहमतिको आधारमा निर्णय हुनुपर्ने पनि आँफु अडिग रहेको बताए।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ८ : ५७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको