४ भदौ २०८३, बिहिबार | August 20, 2026

प्रदेश सरकारले डाक्टर, इन्जिनियर पढ्न विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्छ : मन्त्री गंगा श्रेष्ठ



सिन्धुली । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले डाक्टर, इन्जिनियर पढ्न विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन्।

मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले शिक्षामा विशेष लगानी गरेर डाक्टर, इन्जिनियर पढ्न विदेश जानुपर्ने बाध्यात्मक अवस्थाको केही वर्षभित्रै अन्त्य गर्ने बताएका हुन् । शुक्रबार सिन्धुलीको घ्याङ्लेख गाउँपालिका वडा नं. २ हायुटार स्थित श्री मावि मरिण हायुटारको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले स्वरोजगारमूलक प्राबिधिक शिक्षामा पनि जोड दिने बताए । उनले गणतन्त्र प्राप्तिपछि पनि शैक्षिक क्षेत्रमा गुणात्मक परिवर्तन गर्न नसकेको बताए । उनले शिक्षाले ज्ञान, सिप र संस्कृति एकसाथ सिकाउनु पर्ने भएपनि अहिलेको शिक्षाले यि तीनै कुरा राम्रो सँग सिकाउन नसकेको बताए ।

मन्त्री श्रेष्ठले जीवनोपयोगी गुणस्तरीय शिक्षाको लागि शैक्षिक नीति परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनले विश्वमा प्रतिस्पर्धा गर्नसक्ने नागरिक निर्माण गर्न राज्यले संविधानमा व्यवस्था भए अनुसार शिक्षामा कम्तिमा बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने बताए । उनले सबैभन्दा प्रतिस्पर्धी जनशक्ति शैक्षिक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताए । उनले शिक्षामा गुणस्तर वृद्धि गर्न राज्य, शिक्षक, अभिभावक र विद्यार्थी सबै उत्तिकै जिम्मेवार हुनुपर्ने भन्दै यी ४ पक्षलाई खाटको ४ खुट्टाको संज्ञा दिए ।

भौतिक पूर्वाधार गुणस्तरीय शिक्षाको एउटा अंश मात्रै रहेको भन्दै मन्त्री श्रेष्ठले भौतिक पूर्वाधार सँगसँगै शैक्षिक गुणस्तरमा ध्यान दिन शिक्षक र अभिभावकहरुलाई अनुरोध गरे । उनले प्राबिधिक शिक्षा भन्ने बित्तिकै डाक्टर, इन्जिनियर मात्रै भन्ने बुझाई समाजमा रहेकोे उल्लेख गर्दै प्राबिधिक शिक्षा डाक्टर, इन्जिनियर मात्रै नभएर स्वरोजगार बनाउने शिक्षा पनि भएको बताए ।

मन्त्री श्रेष्ठले लोकतन्त्र, गणतन्त्र र सङ्घीयताको विषयलाई पाठ्यक्रममा राखेर पढाउनुपर्ने बताए । त्यसरी पढाउन नसक्दा अहिलेको नयाँ पुस्ताले राजनीतिक परिवर्तनको स्वामित्व ग्रहण नगर्ने खतरा बढिरहेको उनको भनाई छ । उनले प्रदेश सरकारले नयाँ पुस्तालाई हेरेर हरेक नीति, योजना, कार्यक्रमहरू बनाउँदै जाने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ४ : ४० बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन । चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक

घोराहीमा ट्याक्टर र अटो ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका-७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका-२ एल गाउँकी सिर्जना खत्री विष्टलाई