२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कुलले मनायो ‘किड्स डे’



बुटवल । रुपन्देहीको तिलोत्तमा-४ स्थित सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कुलले शुक्रबार ‘किड्स डे’ मनाएको छ । नर्सरीदेखि कक्षा ३ सम्म अध्ययन गर्ने विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने लक्ष्यसहित कार्यक्रमको आयोजना गरिएको विद्यालयका सह(प्रचार्य रमेश प्रसाद बस्यालले जानकारी दिए ।

विद्यार्थीलाई सानैबाट सिकाउन सक्यौं भने उनीहरुको सीप क्षमतामा बिकास हुने लक्ष्यसहित साना बालबालिकाहरुको बिभिन्न प्रतिभाहरु कार्यक्रममा प्रस्तुत गरिएको उनले बताए । बालबालिकाहरुको अभिभावक समेत उपस्थिती रहेको कार्यक्रममा विद्यार्थीले कविता, गीत, नृत्य लगायतका प्रतिभा प्रस्तुत गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका शिक्षा प्रमुख गंगाराम आचार्यले हरेक विद्यार्थीमा कुनै न कुनै प्रतिभा हुने तथा यस्ता कार्यक्रमले उनीहरूको प्रतिभा उजागर गर्ने भन्दै साना बालबालिकाहरूको प्रतिभाको सराहना गरेका थिए । विद्यार्थीको अन्तरनिहित क्षेमता पहिचान गरि सोही अनुसार शैक्षिक गतिविधि सञ्चालन गरेकै कारण विद्यालयले उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको उल्लेख गरे ।

कार्यक्रमको अवसरमा गत वर्षको वार्षिक परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गरेका कक्ष नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई विद्यालय संचालक समितिका सदस्य तथा आजको कार्यक्रमको अध्यक्ष सावित्री नेपाल तथा विद्यालयका प्राचार्य यमबहादुर रानाले पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका थिए । वार्षिक रुपमा विभिन्न कार्यक्रम गर्दै आएको विद्यालयले बिहिबार जिल्ला स्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको थियो ।

यसैगरी विद्यालयले सोही कार्यक्रमको अवसरमा गत वर्षको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने कक्षा ४ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई सरस्वती पुजामा पुरस्कार वितरण गरिने शिक्षक शंकर पौडेलले जानकारी दिए । यसका साथै विद्यार्थीहरुले आविस्कार गरेका तथा निर्माण गरेका विभिन्न वस्तुहरु प्रदर्शनीमा राखिएको पौडेलले जानकारी दिए । कार्यक्रमको सञ्चालक शिक्षक मेघराज भट्टराई तथा स-साना बालबालिकाहरूले पनि गरेका थिए ।

 

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ४ : ४० बजे

एकीकृत सुरक्षा योजनाअनुसार नेपाली सेना परिचालित छ : नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले सरोकारवाला सबै निकायसँग आवश्यक समन्वय र

प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

काठमाडौँ । निर्वाचन आयोगले मतगणना सुरु भएको २४ घन्टाभित्र प्रत्यक्षतर्फको

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

काठमाडौं । यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका

भोलि निर्वाचनका दिन कतै पनि वर्षा नहुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले

छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता