२९ मंसिर २०८२, सोमबार | December 15, 2025

१७ औं मनम‍ोहन स्मृति फुटबलमा वडा नं ८ र वडा नं ७ विजयी



बुटवल । बुटवलमा जारी १७ औं मनम‍ोहन स्मृति वडा स्तरीय नकआउट फुटबल प्रतियोगितामा वडा नं ८ र वडा नं ७ विजयी भएका छन। बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिको आयोजनामा जारी प्रतियोगितामा शुक्रबार भएको पहिलो खेलमा वडा नं ८ ले वडा नं ९ लाई ३-१ तथा दोस्रो खेलमा वडा नं ७ ले वडा नं १४ लाई ३-० गोलले पराजित गरेको हो।

सिद्धेश्वरी खेलमैदानमा भएको पहिलो खेलमा वडा नं ८ ले वडा नं ९ लाई ३-१ गोल अन्तरले पराजित गरेको छ । वडा नं ८ का निरज थापाले ३५ र ४५ औं मिनेटमा गोल गरेका थिए। यसैगरि प्रविण थापाले ५७ औं मिनेटमा गोल गरेका थिए। वडा नं ९ का प्रविण मगरले २५ औं मिनेटमा सान्त्वना गोल गरेका थिए। खेलमा वडा नं ८ का निरज थापा म्यान अफ द म्याचबाट पुरस्कृत भएको कमिटिका अध्यक्ष गणेश बोहराले बताए। यसैगरि दोस्रो खेलमा वडा नं ७ ले वडा नं १४ लाई ३-० गोल अन्तरले पराजित गरेको छ।

वडा नं ७ को जितमा २८ औं र ६१ मिनेटमा मोहन थापा र ५२ औं मिनेटमा सुजन झिडीले गोल गरेका थिए। खेलमा वडा नं ७ का मोहन थापा म्यान अफ दी म्याचबाट पुरस्कृत भए।

शनिबारदेखि दोस्रो चरणका खेलहरु शुरु हुने सचिव राजेन्द्र थापाले बताए । पहिलो खेल बिहान १७ र ११ तथा दोस्रो खेल ६ र ४ का बीचमा हुने उनले बताए।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ९ : १६ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार