३ पुस २०८२, बिहिबार | December 18, 2025

कांग्रेसमा महाधिवेशनको रौनक सुरु, पार्टीका पदहरु सभापतिको दाईजो नभएको केन्द्रीय सदस्य चन्द्र भण्डारीको टिप्पणी



काठमाडौं । कांग्रेस महाधिवेशनमा सभापतिका दाबेदार शशांक कोईरालाले पार्टीका विभाग विस्तारको काम रोक्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन । .

पार्टीका महामन्त्री समेत रहेका कोइरालाले महाधिवेशनको मिति ताकेर आचारसंहिता लागु भइसकेको अवस्थामा विभाग गठनको काम अघि बढाउनु विधान विपरित भएको समेत बताएका छन् । नेपाली कांग्रेसको पार्टी कार्यालयमा भेला भएका रामचन्द्र पौडेल समूहका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै महामन्त्री कोईरालाले आगामी महाधिवेशनमा आफु सभापतिको दावेदार भएको बताए । उनले नयाँ मान्छेलाई पार्टी प्रवेश गराउने र पुराना नेताहरुलाई पार्टीबाट निकाल्ने काम भइरहेको भन्दै असन्तुष्टि समेत जनाए ।

महाधिवेशन भएको ४ वर्षम्म विभाग गठन गर्न तयार नभएका सभापति देउवालाई महाधिवेशनको मुखमा किन हतारो भयो भन्दै उनले प्रश्न गरेका थिए ।

केन्द्रीय सदस्य चन्द्र भण्डारीले विधान अनुसार महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गरिसक्नु पर्ने भएपनि विधान विपरित अहिले गठन भइरहेको कुराको विरोध स्वरुप भेला आयोजना गरिएको बताए । यसअघि नै अहिले गठन भएका विभागहरुले वैधानिकता पाउँदैनन भनेर सभापति देउवालाई पत्र पठाइएको उल्लेख गर्दै उनले पार्टीको कुनै पनि पद दाइजो जसरी बाँडेर हिड्ने अधिकार सभापतिलाई नभएको टिप्पणी गरे । कसलाई के पद दिने भन्ने अधिकार केन्द्रीय समितिलाई मात्रै भएको भण्डारीको भनाई छ ।

पार्टीको महाधिवेशन कार्यतालिका तय भइसकेको अवस्थामा विभाग गठन लगायतका काम निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै पौडेल समूहले विरोध जनाउँदै आएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  १० : ३५ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन