२९ मंसिर २०८२, सोमबार | December 15, 2025

१७ औं मनमोहन स्मृति फुटबल : वडा नं १७ र ६ विजयी



बुटवल । बुटवलमा जारी १७ औं मनमोहन स्मृति वडा स्तरिय नकआउट फुटबल प्रतियोगितामा वडा नं १७ विजयी हुदै सेमीफाईनलमा स्थान बनाएको छ ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिको आयोजनामा जारी प्रतियोगिताको शनिबार भएको पहिलो खेलमा वडा नं ११ लाई २-१ गोल अन्तरले स्तब्ध पार्दै वडा नं १७ अन्तिम चारमा स्थान बनाएको हो ।

यसैगरि शनिबार नै भएको दोस्रो खेलमा वडा नं ६ ले वडा नं ४ लाई पराजित गरेको छ । सिद्घेश्वरी खेलमैदानमा भएको निक्कै प्रतिस्प्रर्धात्मक पहिलो खेलमा वडा नं ११ का दर्शन बिकले २५ मिनेटमा गोल गर्दै खेलमा अग्रता लिएका थिए । तर वडा नं १७ का सनम परियारले खेलको ४५ औ मिनेटमा बराबरी गोल गरे । ६० औं मिनेटमा वडा नं १७ का सोनु खत्रीले विजयी गोल गरेका थिए ।

खेलमा सनम परियार म्यान अफ दी म्याचबाट पुरस्कृत भए । यसैगरि एकतर्फी दोस्रो खेलमा वडा नं ६ को जितमा बिलाज पुनले खेलको १२ औ, कृष्ण बनियाले २६औ मिनेट र अबेश शाहीले खेलको ५५ औ मिनेटमा गोल गरेका थिए । खेलमा बिलोज पुन म्यान अफ दी म्याचबाट पुरस्कृत भएको राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिका सचिव राजेन्द्र थापाले बताए ।

प्रतियोगिता अन्तरगत आईतबार बिहान पहिलो खेलमा वडा नं ८ र वडा नं १३ तथा दोस्रो खेल दिउँसो वडा नं ७ र १८ का बिचमा हुने संयोजक अमृत भण्डारीले बताए । प्रतियोगिताको विजेतालाई नगद १ लाख ११ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्र, उपविजेता टिमलाई नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसैगरि सर्वोत्कृष्ट खेलाडीलाई नगद ७ हजार ७ सय ७७ रुपैया, कप, मेडल, प्रमाणपत्र, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, अनुसासित टिमलाई नगद ४ हजार ४ सय ४४ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रत्येक दिन म्यान अफ दी म्याचलाई १ हजार रुपैयाबाट पुरस्कृत गरिने छ । खेलमा उपमहानगरका १८ टिमले भाग लिएका छन ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ९ : ४४ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले