१८ पुस २०८२, शुक्रबार | January 2, 2026

अफताब आलमविरुद्ध मुद्दाको सुनुवाइ सुरु



काठमाडौं । कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्ध मुद्दाको सुनुवाइ आइतबारबाट सुरु भएको छ ।

विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसुरमा आलमसहित ११ जनाविरुद्ध दायर मुद्दाको आइतबारबाट अन्तिम सुनुवाइ रौतहट जिल्ला अदालतमा सुरु भएको हो । रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासमा मुद्दाको पेसी तोकिएको हो ।

यसअघि गत २२ कात्तिकमा न्यायाधीश बाबुकाजी बानियाको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो । त्यसपछि वादी तथा प्रतिवादी दुवै पक्षका कानुन व्यवसायीले बहस नोट बुझाइसकेका छन् ।

१८ कात्तिक २०७६ रौतहट जिल्ला अदालतमा उनीहरुसवरुद्ध मुद्दा दर्ता भएको थियो ।

पहिलो संविधानसभाको निर्वाचनको अघिल्लो दिन २०६४ साल चैत २७ गते रौतहट गाविसको राजपुर फरहदवा वडा नम्बर ४ मा रहेको प्रतिवादी आलमको काका शेख इद्रिसको गोठमा बम विस्फोट भएको र सो क्रममा घाइते भएकालाई आफ्नै इँटा भट्टाको चिम्नीमा जलाएर मारेको आरोप आलममाथि लगाइएको छ । तर, आलमले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  १ : ४९ बजे

गुल्मीको मालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा भएको सवारी दुर्घटनामा दुई जनाको

सन् २०२५ मा ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२५ मा ११ लाख ५८ हजार ४५९

तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

पोखरा । सन् २०२५ दुई लाख ९९ हजार आठ सय

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य

महामन्त्रीद्वय समुह र देउवा समुहको छुट्टाछुट्टै बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्नुअघि पार्टी सभापति