६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

दुई सय वर्षदेखिका जात्रा कोरोनाले रोकिए



तानसेन । कोरोना महामारी नभएको भए यो समय पाल्पाको तानसेन जात्रामय हुन्थ्यो ।

तानसेनभित्र रहेका विभिन्न मन्दिर जात्रामय हुन्थे । पुजारीहरू पूजा व्यवस्थित गराउनेतर्फ लागेका हुन्थे । मन्दिर व्यवस्थापन समितिहरू भव्य रूपमा रथयात्राको तयारीमा जुटेका देखिन्थे । कुमालेहरू रथ बोक्ने तयारीमा जुटेका हुन्थे । कोरोनाले दुई सय वर्षदेखि निरन्तर चलिरहेको संस्कृतिमा धक्का दिएको छ ।

अहिले तानसेन बजार सुनसान छ । मन्दिरहरू सुनसान छन् । मन्दिरहरूमा भक्तजनसमेत भगवान्को दर्शन गर्न गएका छैनन् । मन्दिरमा पुजारीले गर्ने नित्य पूजाबाहेक केही हुन सकेको छैन । मन्दिरमा भक्तजनको आवतजावत नभएकाल वरिपरिको सरफाइमा कमी आएको छ ।

मन्दिर वरिपरि लेउ लागेको छ । कुनै गाह्रोसारो पर्‍यो भने भगवान्का मन्दिर पुग्ने मानिसको प्रवृत्ति फेरिएको छ । सबै कुराको दुःख बेसाउने थलो आस्थाको केन्द्रका रूपमा रहेका मन्दिरमा समेत भक्तजन जान डराइरहेका छन् ।

कोरोना संक्रमणको जोखिमका कारण तानसेनको दुई सय ५० वर्षको इतिहास रोकिएको छ । तानसेनमा सञ्चालन हुने एकमहिने जात्रा दुई सय वर्षको इतिहासमा पहिलो पटक रोकिएको छ । नेवारी समुदायमा प्रचलित गठेमंगल यसपालि तानसेनमा सञ्चालन भएन । सांस्कृतिक सहरका रूपमा परिचित तानसेनमा यसपटक श्रीनगर गणेश जात्रा, टक्सार गणेश जात्रा, श्री ७ भीमसेन जात्रा, नारायण जात्रा,श्रीकृष्ण जात्रा, गाईजात्रा, रोपाइँजात्रा, बाघजात्रा, लक्ष्मीनारायण जात्रा, रिडीको हृषिकेशव जात्रा नहुने भएको छ ।

तानसेनमा सञ्चालन हुँदै आएका विभिन्न जात्राले दुई सय वर्ष पूरा भएको अवसरमा विशेष कार्यक्रम गरी जात्रा महोत्सव गरिसकेका छन् । तानसेनको भगवती जात्रा, टक्सार गणेश जात्रा र भीमसेन जात्रा, नारायण जात्राले दुई सय वर्षको महोत्सव मनाइसकेका छन् । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ७ : २२ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा

साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको