३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

अक्सफोर्डमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम



बुटवल । बुटवल सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम सुरु गरेको छ । दुईदिनसम्म चल्ने उक्त कार्यक्रममा पहिलो दिन प्रि-नर्सरीदेखि कक्षा २ सम्मका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम गरेका छन् । उक्त कार्यक्रमको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले उद्घाटन गरिन ।

सो अवसरमा बोल्दै उनले बालबालिकाको अन्तरनिहित प्रतिभा उजागर गर्न यस्तै सांस्कृतिक कार्यक्रमको ठुलो भूमिका रहने बताइन् । विद्यार्थीहरुलाई किताबी ज्ञान भन्दा पनि ठुलो ज्ञान यस्ता अतिरिक्त क्रियाकलापबाट हुने भन्दै संस्कारसहितको शिक्षामा अक्सफोर्डले जोड दिएको उनले प्रसंसा गरिन ।

कर्यक्रममा बोल्दै विद्यालयका प्राचार्य दिनेश भुसालले विद्यार्थीहरुको सफलता उनीहरुको अंकमा मात्र मापन गर्न नसकिने भन्दै विद्यालय संस्कारसहितको शिक्षालाई अंगीकार गरेको बताए । उनले राजधानी र केही अन्तर्राष्ट्रिय स्कुलसँगको सहकार्यमा विद्यार्थीलाई बढीभन्दा बढी उपयोगी शिक्षा प्रदान गर्न विद्यालयले लागेको भन्दै अभिभावक यसका लागि साथ दिनुपर्ने बताए ।

विद्यालयको एक्लो प्रयासले मात्र विद्यार्थीहरुको संवार्ण विकासमा परिर्वतन ल्याउन नसकिने भन्दै अभिभावकहरुले आफ्ना सन्तानलाई कम तर गुणस्तरीय समय दिनुपर्ने बताए । पछिल्लो समय बालबालिका बढी प्रविधिसँग घुलमिल भइरहेको र त्यसबाट केही नकरात्मक प्रभाव पनि परेको भन्दै अभिभावकले यसमा सहजीकरण गर्नुपर्ने बताए ।

कार्यक्रममा कक्षा १ र २ का विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । त्यस्तै विभिन्न सांस्कृतिक, भेषभूषा, रहनसहनसम्बन्धी नृत्य, सचेतनामूलक नाटकसमेत कार्यक्रममा प्रस्तुत गरिएको थियो । कार्यक्रमको दोस्रो दिन मंगलबार कक्षा २ देखि १० सम्मका विद्यार्थीहरुको सांस्कृतिक कार्यक्रमसंगै पुरस्कार वितरण हुने बताइएको छ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ६ : ०० बजे

सुनको मुल्य हालसम्मकै उच्च

काठमाडौँ । नेपाली बजारमा आज सुनको मुल्यले नयाँ किर्तिमान कायम

संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई संसद बैठकमा अनिवार्य उपस्थित

भक्तपुर अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क उपचार

भक्तपुर । भक्तपुर अस्पतालले पाठेघर खस्ने समस्या भएकाहरूको निःशुल्क उपचार

संसद्को अवरोध हटाउने प्रयास जारी, बैठक बस्न ढिलो हुने

काठमाडौं। प्रतिनिधिसभाको बैठक बस्न ढिला हुने भएको छ । प्रमुख

कांग्रेसद्वारा सुदूरपश्चिमको प्रदेशसभा अवरोध, बैठक स्थगित

धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिमको प्रदेश सभा बैठक अवरोध गरेको