२९ मंसिर २०८२, सोमबार | December 15, 2025

१७ औं मनमोहन स्मृति वडा स्तरिय नकआउट फुटबल प्रतियोगिता अन्तिम चारको टुगो



बुटवल । बुटवलमा जारी १७ औं मनमोहन स्मृति वडा स्तरिय नकआउट फुटबल प्रतियोगितामा सेमिफाईनल समिकरण पुरा भएको छ । सोमबार भएको अन्तिम क्वाटरफाईनल खेलमा वडा नं ६ ले वडा नं १६ लाई २-१ गोल अन्तरले जित निकाल्दै प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको हो । यसअघि नै वडा नं ७, वडा नं ८ र १७ पनि सेमीफाईनलमा पुगेको छ ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिको आयोजनामा जारी प्रतियोगितामा सिद्घेश्वरी खेलमैदानमा भएको निक्कै प्रतिस्प्रर्धात्मक खेलमा वडा नं ६ को जितमा खेलको ११ औ मिनेटमा विलोज पुन र ३१ मिनेटमा सुमित कार्कीले गोल गरे । वडा नं १५ का सन्देश थापाले खेलको ६२ औ मिनेटमा सान्त्वना गोल गरे । वडा नं ६ का सफल गुरुङ खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

पहिलो सेमीफाईनलमा वडा नं ६ ले १७ र दोस्रो सेमीफाईनलमा वडा नं ७ ले वडा नं ८ संग प्रतिस्प्रर्धा गर्ने राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिका सचिव राजेन्द्र थापाले बताए । प्रतियोगिताको विजेतालाई नगद १ लाख ११ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्र, उपविजेता टिमलाई नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसैगरि सर्वोत्कृष्ट खेलाडीलाई नगद ७ हजार ७ सय ७७ रुपैया, कप, मेडल, प्रमाणपत्र, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, अनुसासित टिमलाई नगद ४ हजार ४ सय ४४ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रत्येक दिन म्यान अफ दी म्याचलाई १ हजार रुपैयाबाट पुरस्कृत गरिने छ । खेलमा उपमहानगरका १८ टिमले भाग लिएका छन ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ७ : ५४ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले