१ पुस २०८२, मंगलबार | December 16, 2025

१७ औं मनम‍ोहन स्मृति फुटबल प्रतियोगिताको उपाधिका लागी वडा नं ६ र ७ भिडने



बुटवल । बुटवलमा जारी १७ औं मनम‍ोहन स्मृति वडा स्तरिय नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि वडा नं ६ र वडा नं ७ भिड्ने भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिको आयोजनामा जारी प्रतियोगिताको बुधबार भएको दोस्रो सेमीफाईनल खेलमा वडा नं ६ पेनाल्टी शुटआउटमा विजयी हुँदै फाईनलको यात्रा तय गरेको हो ।

सिद्धेश्वरी खेलमैदानमा भएको निककै प्रतिस्पर्धात्मक खेलका गतवर्षको विजेता वडा नं १७ लाई पेनाल्टी शुटआउटमा पराजित गर्दै वडा नं ६ फाईनल प्रवेश गरेको हो। निर्धारित समयमा गोलरहित बराबरि भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो ।

खेलमा वडा नं ६ का अर्पन पुन म्यान अफ द म्याचबाट पुरस्कृत भएको कमिटिका अध्यक्ष गणेश बोहराले बताए । फागुन ५ गते शनिबार फाईनल खेल हुनेछ भने यसअघि बुटवलमा प्रतियोगिताको ट्रफि प्रदर्शन गरिने सचिव राजेन्द्र थापाले बताए । प्रतियोगिताको विजेतालाई नगद १ लाख ११ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्र, उपविजेता टिमलाई नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसैगरि सर्वोत्कृष्ट खेलाडीलाई नगद ७ हजार ७ सय ७७ रुपैया, कप, मेडल, प्रमाणपत्र, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, अनुसासित टिमलाई नगद ४ हजार ४ सय ४४ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रत्येक दिन म्यान अफ दी म्याचलाई १ हजार रुपैयाबाट पुरस्कृत गरिने छ । खेलमा उपमहानगरका १८ टिमले भाग लिएका थिए ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ६ : ०२ बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच