५ श्रावण २०८३, मंगलबार | July 21, 2026

बुटवल लोकनृत्य प्रतियोगितामा एभरेष्ट मावि प्रथम



बुटवल । बुटवल उपमहानगरपालिकाले आयोजना गरेको प्रथम लोकनृत्य प्रतियोगितामा एभरेष्ट मावि प्रथम भएको छ ।

६५ औं स्थापना दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाले आयोजना गरेको २ दिने लोक नृत्य प्रतियोगितामा पैथम भएसँगै एभरेष्ट माविले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।

४४ वटा विद्यालयमध्येबाट नवीन औद्योगिक मावि दोश्रो हुँदै ६० हजार रुपैयाँ पुरस्कार पाएको छ भने न्यू होराइजन मावि र अक्सफोर्ड मावि तृतीय हुँदै नगद २५ हजार रुपैयाँबाट पुरस्कृत भएका छन् ।

बुधबार प्रतियोगिताको समापनका अवसरमा निर्णायक संयोजक दुर्गा रायमाझीले प्रस्तुत भएका नृत्यहरुमध्ये सबैजसो विद्यालयका प्रस्तुति राम्रा भएको बताउँदै विविध समुदाय र क्षेत्रका नृत्यहरुले नेपालकै विविधता झल्काएको बताए।

प्रतियोगितामा उत्कृष्ट हुने विद्यालयहरुलाई बिहीबार बुटवल उपमहानगरपालिकाको ६५औ स्थापना दिवसका अवसरमा पुरस्कार प्रदान गरिने लोकनृत्य प्रतियोगिताका संयोजक तथा वडा नं १३ का अध्यक्ष नारायण पुनले बताए।

नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई सबै क्षेत्रमा अब्बल नगर बनाउनका लागि क्षमता विकास तथा क्षमता प्रदर्शन कार्यक्रमहरु आयोजना गरिएको बताए। उनले बुटवलमा खेल क्षेत्रलाई अगाडि बढाउनका लागि विद्यालयस्तरीय फुटबल प्रतियोगिता सम्पन्न भइसकेको र आगामी दिनमा अन्य प्रतियोगिताहरु सञ्चालन गर्ने तयारी गरिरहेको बताए।

उनले बुटवललाई लोकसंस्कृति संरक्षण तथा प्रवर्द्धनमा अग्रस्थानमा राख्नका लागि प्रतियोगिता आयोजना गरेको बताए। उनले लोकसंस्कृतिको जगेर्ना तथा विद्यालयस्तरबाटै क्षमता विकासको कार्यक्रमअन्तरगत लोकनृत्य प्रतियोगिता आयोजना गरेको बताए। लोकनृत्य प्रतियोगितामा बुटवलका ४४ विद्यालय सहभागी थिए।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ८ : ४१ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं