४ भदौ २०८३, बिहिबार | August 20, 2026

तथ्यांकमा आधारित जिम्मेवार पत्रकारिता गर्न मन्त्री श्रेष्ठको आग्रह



चितवन। बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले तथ्यांकमा आधारित जिम्मेवार पत्रकारिता गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।

बिहीबार सञ्चार रजिस्ट्रार कार्यालय हेटौंडाले चितवनको सौराहमा आयोजना गरेको ‘तथ्यांकमा आधारित पत्रकारिता तालिम र मौलिक चलचित्र निर्माण तथा प्रबर्द्धनमा सहयोग कार्यक्रम’ को उद्घाटन गर्दै मन्त्री श्रेष्ठले तथ्यांकमा आधारित पत्रकारिता गर्न आग्रह गरेका हुन् ।

उनले प्रविधिको विकास सँगसँगै तथ्यांकमा आधारित जिम्मेवार र जवाफदेही पत्रकारिता हुन छाडेको भन्दै चिन्ता व्यक्त गरे । उनले ‘फास्टफुड पत्रकारिता’ गर्ने प्रवृत्ति बढ्दै गएको बताए । मन्त्री श्रेष्ठले फस्टफुड स्वास्थ्यको लागि हानिकारक भएजस्तै ‘फास्टफुड पत्रकारिता’ पनि हानिकारक हुने बताए ।

मन्त्री श्रेष्ठले नेताहरूले भाषण गर्ने र पत्रकारले निबन्ध लेख्ने तरिका बदल्नु पर्ने बताए । उनले एउटा कुशल र असल पत्रकारले नागरिकलाई सूचना मात्रै नदिएको भन्दै विचार निर्माणमा समेत मद्दत गरिरहेको हुने बताए । उनले सूचना, विचार र ज्ञानका लागि पत्रकारले निबन्ध नभई तथ्यांकमा आधारित सूचना र तथ्यमा आधारित विचार लेख्नुपर्नेमा जोड दिए । उनले प्रदेश सरकारले सञ्चार रजिस्ट्रारको कार्यालयमार्फत पत्रकारहरूको क्षमता अभिबृद्धिका लागि विभिन्न कार्यक्रमहरु गरिरहेको जानकारी दिए । पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाई छ ।

मन्त्री श्रेष्ठले बागमती प्रदेशमा चलचित्र सम्बन्धी ऐन निर्माणको प्रक्रिया अघि बढेको पनि जानकारी दिए । उनले मौलिक चलचित्र निर्माण तथा प्रवर्द्धन सम्बन्धी प्रशिक्षणबाट प्रशिक्षार्थीहरूले सिकेको ज्ञानलाई व्यबहारमा प्रयोग गर्न प्रदेश सरकारले सहयोग गर्ने बताए । उनले प्रदेश सरकारले उत्कृष्ट ठह-याएका पटकथाको चलचित्र, वृत्तचित्र बनाउन चाहेमा सरकारले। एक लाख रुपैयाँ आर्थिक सहयोग र अन्य सहयोगहरू पनि गर्ने बताए । मन्त्री श्रेष्ठले प्रदेश सरकारले विभिन्न मातृभाषामा बन्ने चलचित्रलाई प्राथमिकता दिने बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ३ : ५१ बजे

उद्योगी व्यवसायीको एजेण्डाबाट विमुख उद्योग वाणिज्य संघको निर्वाचन

नेपालगन्ज । बाँकेको नेपालगन्जका व्यवसायीलाई यतीबेला चुनाव लागेको छ ।

‘पार्वती’को ट्रेलर सार्वजनिक, दिदी-भाइको भावनात्मक कथा देखाउँदै

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म

प्रतिनिधिसभाको दुई तिहाइले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सत्तारूढ दलका

हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौं । रसुवाको उत्तरी क्षेत्र गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड

बागमतीमा ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल