२ पुस २०८२, बुधबार | December 17, 2025

क्यानडासँग नेपाल ‘ए’ टीम चार विकेटले पराजित



काठमाडौं । नेपाल ‘ए’ क्रिकेट टिम र क्यानडा-११ बीचको खेलमा नेपाल चार विकेटले पराजित भएको छ । २१७ रनको लक्ष्य क्यानडा-११ ले ४९ दशमलव ३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ‌ओभरमा २१६ रन बनाएको थियो । सुरुवाती खराब सुरुवात गरे पनि क्यानडाले पछि लय समात्दै ठूलो साझेदारी गरेर खेल आफ्नो पक्षमा पार्‍यो ।

सुरुवाती १४ ओभरमै ५६ रन बनाउँदा क्यानडाले चार विकेट गुमाइसकेको थियो । तर क्यानडाका लागि नवनित दलिवालले ८० र निखिल दत्तले ६७ रन बनाएपछि नेपालको हातबाट खेल गुमेको हो ।

यसअघि नेपालको ब्याटिङमा बसिर अहमदले ५० रनको योगदान दिएका थिए । उनले ५५ रनको सामना गर्दै अर्धसतक पूरा गरेका थिए । त्यस्तै रासिद खानले ४०, मयान यादवले ३५ रन बनाए ।

यसैगरी किरण ठगुन्नाले २५ रन बनाउँदा विवेक यादवले २१ र सन्दीप जोराले १४ रनको योगदान दिए । क्याप्टेन विनोद भण्डारी भने ११ बल खेलेर ५ रन बनाउँदै आउट भए ।

नेपाल ए टिममा प्रधानमन्त्री कप, यू-१९ विश्वकप र नेपालको सिनियर टोलीमा नपरेका खेलाडीहरु समेटिएका छन् । नेपाल एको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् । यो सिरिजको दोस्रो खेल मंगलबार र तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ५ : ०१ बजे

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल

प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आसन्न

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११