२० मंसिर २०८२, शनिबार | December 6, 2025

बैंकिङ क्षेत्र लक्षित अराजक गतिविधिप्रति बैंक तथा वित्तीय संस्थाको ध्यानाकर्षण



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले बैकिङ क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधिहरु भइरहेको र सामाजिक संजालमा समेत प्रेषित गरिएका केही भ्रामक र गलत अभिव्यक्तिहरुप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।

पछिल्लो समयमा बैंकिङ क्षेत्रमा धेरै नकारात्मक असर परेकोले भ्रमक सुचना प्रति आइतबार नेपाल बैकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय संस्था सुरक्षित रहेको बताएका हुन् ।

सबै बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको विज्ञप्तिमा उल्लेख छ । उनीहरुले सर्वसाधारणलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तिजनक अभिव्यक्ति दिनेलाई कानुनको दायरामा ल्याई आवश्यक कारवाही गर्न समेत सरकारसँग आग्रह गरेका छन् ।

‘अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्तलाई आत्मसात गर्दै नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरुको पालना गर्दै, नेपालको बैंकिङ क्षेत्र उदाहरणको रुपमा स्थापित भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानी र सोको नीति/नियमहरुको अधिनमा रहेर प्रत्येक त्रैमासमा वित्तीय विवरण सार्वजनिक गर्दै आएको बैंकिङ क्षेत्र पारदर्शी मात्र नभई सुपरिवेक्षणीय दृष्टिकोणले समेत अब्बल रहेको छ ।’

नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुमा जोखिम बहन गर्ने क्षमता भएको र आजको दिनमा यी संस्थाहरु सुरक्षित रहेको दाबी पनि संघहरुको छ । ‘निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाख रुपैयाँसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत् सुरक्षण गरिएको स्मरण गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ ।

हाल बैंक तथा वित्तीय संस्थाहरुमा ५ करोड ३५ लाखभन्दा धेरै निक्षेप खाताहरु र १८ लाख भन्दा धेरै कर्जा खाताहरु सञ्चालनमा बताएका छन् । यस्तै देशका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरुले मुलुकको कुल ग्राहस्थ उत्पादनभन्दा धेरै निक्षेप संकलन तथा लगभग कुल ग्राहस्थ उत्पादन बराबरको कर्जा प्रवाह तथा अन्य बैंकिङ सेवाहरु आफ्ना ६४४१ शाखाहरु मार्फत देशभर प्रदान गर्दै आइरहेको बताएका हुन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ११ : २० बजे

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले

पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै : गगन थापा

सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ