३ पुस २०८२, बिहिबार | December 18, 2025

पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा पद हस्तान्तरण

व्यवसायी एकता र व्यवसायीकको हितका लागि खटीने अध्यक्ष गौतमको प्रतिवद्धता



बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको हालै सम्पन्न २३ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशन बाट निर्वाचित नयाँ नेतृत्वको बुधवार एक समारोहका बीच सपथ ग्रहण तथा पद हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा प्रतिवद्धता व्यक्त गदै नवनिर्वाचित अध्यक्ष टीकाराम गौतमले सर्व सहमतीका आधारमा नयाँ नेतृत्व चयन गर्न पूर्वअध्यक्ष सल्लाहकार र व्यवसायीहरुले खेलेको भूमिकाको उच्च सरहना गदै सबैलाई धन्यवाद दिए । अध्यक्ष गौतमले व्यवसायी एकता र व्यवसायीको हितका लागि सधै खटीरहने प्रतिवद्धता व्यक्त गदै सबैको साथको अपेक्षा गरे ।

समितिको निर्वाचन सम्पन्न गर्न गठित निर्वाचन समितिका संयोजक महेन्द्र पाण्डेले नव निर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन । सपथ ग्रहण पस्चात निर्वाचितहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ । सपथ ग्रहण समारोहमा निर्वाचन समितिका संयोजक पाण्डेले सहमती सहकार्यवाट आएको नयाँ नेतृत्वले विधिी र प्रकृया पुरा गरि आएको भन्दै संस्थामा रहेका तमाम चुनौतीलाई आत्मसाथ गरी समितिलाई नमूना बनाउन आह्वान गरे ।

कार्यक्रममा समितिका कार्यालय प्रमुख बाबुराम अधिकारीले नव निर्वाचित नेतृत्वले यस संस्थाका कर्मचारीको मनोबल उच्च रहने गरी कार्य सम्पादन गर्नु हुनेछ भन्दै सधै सहकार्य सहमतीमा अगाडी बढ्न सुझाव दिए ।

कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष भएका यम प्रसाद पाण्डेले सहमती सहकार्यवाट आएको नेतृत्वले एक वर्ष भित्र गरिने साधारणसभामा व्यवसायीले देख्ने गरी काम गर्न शुभकामना दिए । कार्यक्रममा निर्वतमान महासचिव हरि कंडेलले नवनिर्वाचित महासचिव खिम बहादुर थापा नारायणलाई माइन्युट र निर्वतमान कोषाध्यक्ष हरि रिमालले नवनिर्वाचित कोषाध्यक्ष शंकर लम्साललाई चेक बुक हस्तान्तरण गरेका हुन ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ७ : २९ बजे

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,

यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

एमाले ११ औँ महाधिवेशन : बिहान ८ बजेदेखि मतगणना सुरु, साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका-१० भकुण्डेमा बस्दै आएका एक ८३