१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा पद हस्तान्तरण

व्यवसायी एकता र व्यवसायीकको हितका लागि खटीने अध्यक्ष गौतमको प्रतिवद्धता



बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको हालै सम्पन्न २३ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशन बाट निर्वाचित नयाँ नेतृत्वको बुधवार एक समारोहका बीच सपथ ग्रहण तथा पद हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा प्रतिवद्धता व्यक्त गदै नवनिर्वाचित अध्यक्ष टीकाराम गौतमले सर्व सहमतीका आधारमा नयाँ नेतृत्व चयन गर्न पूर्वअध्यक्ष सल्लाहकार र व्यवसायीहरुले खेलेको भूमिकाको उच्च सरहना गदै सबैलाई धन्यवाद दिए । अध्यक्ष गौतमले व्यवसायी एकता र व्यवसायीको हितका लागि सधै खटीरहने प्रतिवद्धता व्यक्त गदै सबैको साथको अपेक्षा गरे ।

समितिको निर्वाचन सम्पन्न गर्न गठित निर्वाचन समितिका संयोजक महेन्द्र पाण्डेले नव निर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन । सपथ ग्रहण पस्चात निर्वाचितहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ । सपथ ग्रहण समारोहमा निर्वाचन समितिका संयोजक पाण्डेले सहमती सहकार्यवाट आएको नयाँ नेतृत्वले विधिी र प्रकृया पुरा गरि आएको भन्दै संस्थामा रहेका तमाम चुनौतीलाई आत्मसाथ गरी समितिलाई नमूना बनाउन आह्वान गरे ।

कार्यक्रममा समितिका कार्यालय प्रमुख बाबुराम अधिकारीले नव निर्वाचित नेतृत्वले यस संस्थाका कर्मचारीको मनोबल उच्च रहने गरी कार्य सम्पादन गर्नु हुनेछ भन्दै सधै सहकार्य सहमतीमा अगाडी बढ्न सुझाव दिए ।

कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष भएका यम प्रसाद पाण्डेले सहमती सहकार्यवाट आएको नेतृत्वले एक वर्ष भित्र गरिने साधारणसभामा व्यवसायीले देख्ने गरी काम गर्न शुभकामना दिए । कार्यक्रममा निर्वतमान महासचिव हरि कंडेलले नवनिर्वाचित महासचिव खिम बहादुर थापा नारायणलाई माइन्युट र निर्वतमान कोषाध्यक्ष हरि रिमालले नवनिर्वाचित कोषाध्यक्ष शंकर लम्साललाई चेक बुक हस्तान्तरण गरेका हुन ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ७ : २९ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो