१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

वीरगञ्जमा कोरोना सङ्क्रमणको त्रास : चिकित्सकसहितको विज्ञ टोली पठाउन माग



वीरगञ्ज । पर्सामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि यहाँका समाजसेवी तथा राजनीति दलका प्रतिनिधिले चिकित्सकसहितको विज्ञ टोली तत्काल वीरगञ्ज पठाउन माग गरेका छन् ।

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन अत्यधिक बढ्दै गइरहेकामा गम्भीर चिन्ता व्यक्त गर्दै उनीहरुले विज्ञ टोलीमार्फत सङ्क्रमण नियन्त्रण र सङ्क्रमितको व्यवस्थापन गरी दिन सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयसँग आग्रह गरेका छन् । पर्सा र बारामा बुधबार मात्रै चिकित्सक, स्वास्थ्यकर्मी, नेपाली सेनालगायत ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

विहीबार बसेको जिल्लाका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षलगायत प्रदेश सांसद, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष र सामाजिक अभियन्तासहितको सर्वपक्षीय बैठकले पाँच बुँदे निर्णय गर्दै यस्तो माग गरेको छ । निर्णयको पहिलो बुँदामै कोरोना महामारी नियन्त्रण गर्नका लागि विज्ञ टोली वीरगञ्ज पठाउन माग गरिएको जसपाका युवा नेता ओमप्रकाश सर्राफले बताए ।

वीरगञ्जमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दै गएपछि अहिले १०० भन्दाबढी सङ्क्रमित घरकै आइसोलेशनमा रहेका छन् । पचास श्ययाको कोरोना विशेष अस्थायी अस्पताल गण्डकमा ६० जनाभन्दा बढी सङ्क्रमितलाई राखिएको छ । लक्षणसहितका सङ्क्रमित बढी देखिएकाले अवस्था जटिल बन्दै गएको जनस्वास्थ्य विज्ञ बताउँछन् ।

बैठकले अरु पनि निजी अस्पताललाई लिएर कोभिड अस्पताल बनाउन सङ्घीय सरकारसँग माग गरेको छ । बैठकले नारायणी अस्पतालको बन्द रहेको सेवालाई सुरक्षा अपनाएर सञ्चालन गर्नुपर्ने, वीरगञ्जमा विद्युतीय शवदाह गृह स्थापना गर्न पहल गर्ने निर्णय पनि गरेको छ । कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शवदाहमा समस्या देखिएकाले शवदाहमा कसैले विरोध नगरिदिन बैठकले सबैमा अनुरोध गरेको छ ।

वीरगञ्ज कारागार सिल

वीरगञ्ज कारागारमा एक महिलासहित आठ जनामा कोरोना सङ्क्रमण भेटिएपछि कारागार सिल गरिएको कारागार प्रमुख (जेलर) श्रवणकुमार पोखरेलले बताए । सङ्क्रमित कैदीबन्दीलाई कारागारको हाताभित्र स्थापना गरिएको आइसोलेशन कक्ष (उपचार केन्द्र) मा तथा कर्मचारीलाई समता स्कुलमा स्थापना गरिएको आइसोलेशन कक्षमा उपचार भइरहेको छ ।

एक जना महिला कैदीबन्दीलाई उनकै कोठामा आइसोलेशन बनाएर उपचार भइरहेको जनाइएको छ । अहिले कारागारभित्र प्रशासनिक काम बाहेक सबै काम बन्द रहेको छ । कारागारभित्र कोरोनाको उच्च जोखिम बढेपछि कैदीबन्दीहरुको सम्पर्कमा आएको उनका आफन्तको स्वाब परीक्षण गर्न उनीहरुको खोजी भइरहेको कारागार प्रशासनले जनाएको छ ।

हाल कारागारमा महिला पुरुष तथा आश्रित बालबालिका गरी एक हजार २१४ कैदीबन्दी छन् । ती कैदीबन्दीलाई अहिले अदालतमा उपस्थित गराउने काम बन्द रहेको जनाइएको छ । कारागारमा सबैभन्दा बढी भारतीय कैदीबन्दी भएकाले भारतीय कैदीबन्दीलाई भेट्न आउँदा कोरोना सङ्क्रमण सर्न सक्ने आशङ्का कारागार प्रशासनले गरेको छ ।

कारागारमा भारतीय कैदीबन्दी बढी रहेको र भारततर्फ कोरोना सङ्क्रमण बढी देखिएकाले कारागार अहिले कोभिड–१९ को उच्च जोखिममा रहेको छ । यसलाई दृष्टिगत गरेर कैदीबन्दीको आफन्तले ल्याउने कोसेली कारागारका कर्मचारीले पु¥याउने काम बन्द गरिएको छ ।

कारागारमा कोरोना सङ्क्रमित भेटिएपछि अन्य कैदीबन्दीलाई सङ्क्रमण नपरोस् भनेर कारागार प्रशासनले कारागार सिल तथा भेटघाट बन्द गरिएको छ । रासस

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ६ : २४ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर