४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

आइसीसी विश्वकप क्रिकेट लिग-२ : नेपाल नेदरल्यान्डससँग ८ विकेटले पराजित



काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ मा घरेलु टोली नेपाल नेदरल्यान्डससँग ८ विकेटले पराजित भएको छ । १७३ रनको लक्ष्य नेदरल्यान्डसले ३७.५ ओभरमा पूरा गरेको हो ।

नेदरल्यान्डसको जितका लागि विक्रमजित सिंहले ५८ र अर्को ब्याटर सिब्रान्ड एन्जलब्रेचले ४६ रनको योगदान दिए । दुई जना ओपनर ब्याटर सस्तैमा गुमाए पनि यी दुई जना चम्किँदा खेल नेदरल्यान्डसको पक्षमा गएको छ ।

घरेलु मैदानमै भएको लिग २ मा नेपालको यो तेस्रो हार हो । यसअघि नेपाल नामिबियासागको दुवै खेलमा पराजित भएको थियो ।

त्रिवि मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभर खेल्दै १७२ रनको योगफल खडा गरेको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ६६ रन जोडेका थिए । उनले उनले ९३ बल खेल्दै ८ चौका प्रहार गरे ।

यस्तै यस्तै करण केसीले २६, आरिफ शेखले २२, आसिफ शेखले १७ तथा कप्तान रोहित पौडेलले १६ रन जोडेका थिए । ६ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपाललाई अलआउट गर्न डचका लागि भिभियन किंगमा र आर्यन दत्तले ३-३ तथा बास डी लिडले २ विकेट लिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ३ : ५९ बजे

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं । सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा

बनेपाका एक हजार घरमा ‘कौसीखेती’

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्र्धन