६ पुस २०८२, आइतबार | December 21, 2025

हडतालको ६ दिन पछि इफेल टावर खुल्ला, दोस्रो पटक भएको थियो हडताल



पेरिस । ६ दिनको हडताल पछि विश्व प्रसिद्द एफिल टावर खुल्ने भएको छ । पेरिसको एफिल टावर हडतालका कारण ६ दिन बन्द भएपछि आइतबार आगन्तुकहरूका लागि पुनः खोल्ने अपेक्षा गरिएको हो ।

टावर व्यवस्थापन गर्ने तरिकाको आन्तरिक विवादका कारण गत सोमबार पहिलो पटक कामदारहरू त्यहाँबाट बाहिरिएका थिए । यसका अपरेटरले शनिबार युनियनहरूसँग सम्झौता भएको बताए पछि खुल्ने अपेक्षा गरिएको हो ।

गत तीन महिनामा प्रतिष्ठित ल्यान्डमार्कमा यो दोस्रो यस्तो स्ट्राइक हो । पेरिस यस गर्मीमा २०२४ ओलम्पिक खेलहरू आयोजना गरिदैँछ । टावरको व्यवस्थापन गर्दै आएको सेटेले टिकट लिइसकेकाहरूसँग माफी मागेको छ र उनीहरूलाई कारबाहीबाट प्रभावित बुकिङहरूको लागि क्षतिपूर्ति दिइनेसमेत बताएको छ । हडतालका कारणा लगभग १ लाख टिकटहरू रद्द हुन पुगेका थिए ।

शक्तिशाली कन्फेडेरेशन जेनेरेल डु ट्राभेल (सीजीटी) युनियनका अनुसार कर्मचारीहरूले सेटेजको को व्यापार मोडेलमा हड्ताल गर्ने निर्णय गरेको थियो, जुन यसले भविष्यमा आगन्तुक संख्याको बढेको अनुमानमा आधारित थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ७ : ५८ बजे

आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको