२ पुस २०८२, बुधबार | December 17, 2025

टालिस्काको निर्णायक गोलमा अल नासर विजयी



काठमाडौं । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल शबाबलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल शबाबलाई ३-२ गोल अन्तरले पराजित गरेका हुन् ।

अल नासरको जितमा खेलको ८६ औँ मिनेटमा टालिस्काले निर्णायक गोल गरेका थिए । यस खेलमा उनले यसअघि ४६ औं मिनेटमा पनि गोल गरेका थिए । त्यस्तै क्रिस्टियानो रोनाल्डोले यस खेलको २१ औं मिनेटमा अल नासरले पाएको पेनाल्टीलाई गोलमा परिणत गरेका थिए ।

त्यसैगरी अल शबाबका लागि यानिक कारास्को र कार्लोसले एक एक गोल गरेका थिए । यस खेलको अतिरिक्त समयको १०२ मिनेटमा अल शबाबका अब्दुल्लाह राडीफले रातो कार्ड पाएका थिए ।

यो जितपछि अल नासरले महत्वपूर्ण ३ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको अल हिलालसँगको दूरी कम गरेको छ । अल नासरको २१ खेलमा ५२ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा छ । त्यसैगरी एक खेल कम खेलेको अल हिलालको भने २० खेलमा ५६ अंक रहेको छ । त्यसैगरी अल शबाबको २१ खेलमा २४ अंक रहेको छ र लिगमा ११औं स्थानमा छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ८ : ०० बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व