३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

लोसपाले मुलुकलाई निकास दिन नसकेपछि पार्टी परित्याग गरें : राजेन्द्र महतो



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गरेका छन् ।

वरिष्ठ नेता महतोले आज यहाँ पत्रकार सम्मेलन गरी औपचारिकरुपमा सो पार्टी परित्यागको घोषणा गरेका हुन् । पार्टी परित्यागसँगै उनले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानको घोषणा पनि गरेका छन् ।

केही समयदेखि लोसपा नेतृत्वसँग असन्तुष्ट रहँदै आएका नेता महतोले पत्रकार सम्मेलनमार्फत पार्टी परित्यागसहित औपचारिकरुपमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानको घोषणा पनि गरेका थिए ।

नेता महतोले आफूले आज घोषणा गरेको अभियान, सङ्घर्ष र विद्रोहका रुपमा अगाडि बढ्ने पनि बताए । आफूले लोसपा परित्याग गरे पनि उक्त क्रान्तिमार्फत सक्रिय रहने उनको भनाइ थियो ।

पार्टी परित्याग गर्नुपर्ने कारणबारे उनले भने, “जुन आशा र अपेक्षाअनुसार हामीले लोसपाको विकास गर्न खोजेका थियौँ, त्यसरी सो पार्टीले मुलुकलाई निकास दिनसक्ने अवस्था देखिएन । मधेस र समग्र देशका नागरिकका अपेक्षाअनुसार सो पार्टीले काम गर्न सकेन । त्यसैले मैले पार्टी परित्याग गरेर नयाँ क्रान्तिको सुरुआत गरेको हो ।”

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ७ : ४९ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा मानसिक स्वास्थ्य र गुणस्तरीय सेवा प्रवाहसम्बन्धी अभिमुखीकरण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मानसिक स्वास्थ्यको वर्तमान अवस्था,

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

ललितपुर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना

बाँकेका प्रहरी प्रमुख जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’

काठमाडौँ । शान्ति सुरक्षा, जनशक्ति व्यवस्थापन र प्रविधिमा आधारित प्रहरी

दसैंदेखि छठसम्म वालेटमा एक दिनमा ५० पटकसम्म पैसा जम्मा गर्न सकिने

काठमाडौं । ठूला चाडपर्वलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले वालेटमा

प्रहरी सङ्गठनलाई सक्षम, व्यवसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र