३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा दल दर्ताका लागि आयोगमा निवेदन



काठमाडौं । राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेकाअनुसार उक्त दल दर्ताका लागि आयोगमा निवेदन दर्ता भएको छ । नेता महतो नेतृत्वमा दल दर्ताका लागि आज आयोगमा निवेदन दिइएको सो दलका नेता केशव झाले बताए । नयाँ पार्टीमा अध्यक्षसहित एकसय ७३ केन्द्रीय सदस्य रहेको उनले जानकारी दिए ।

“राष्ट्रिय मुक्ति पार्टी नेपाल नामक राजनीतिक दल दर्ता गर्ने प्रयोजनका निम्ति कानुनअनुसार आवश्यक सबै कागजातहरु यसै पत्रसाथ संलग्न गरी पठाइएको छ”, सो दलले आयोगमा पेस गरेको निवेदनमा भनिएको छ ।

पूर्वमन्त्री महतोले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरी केही समयदेखि राष्ट्रिय मुक्ति अभियान सञ्चालन गर्दै आएका थिए ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ८ : ५० बजे

दसैंदेखि छठसम्म वालेटमा एक दिनमा ५० पटकसम्म पैसा जम्मा गर्न सकिने

काठमाडौं । ठूला चाडपर्वलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले वालेटमा

प्रहरी सङ्गठनलाई सक्षम, व्यवसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र

एमाले केन्द्रीय कार्यालयको सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं। एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ

महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्च कांग्रेसले आफ्नै खर्चमा मर्मत गर्ने

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौंको

कांग्रेस खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत

ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यमा ललितपुर