१९ असार २०८३, शुक्रबार | July 3, 2026

त्रिकोणात्मक टी-२० श्रृंखला आजदेखि : नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्दै



काठमाडौं । त्रिकोणात्मक टी-२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले मंगलबार नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच तीनदेशीय टी-२० शृंखला आजदेखि सुरु हुँदैछ । खेल आज बिहान साढे ११ बजे सुरु हुनेछ ।

आइसीसी क्रिकेट विश्वकप लिग-२ एसदिवसीय प्रतियोगिताको समाप्तिसँगै नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच टी-२० क्रिकेट श्रृंखला हुन लागेको हो । नेपालले दोस्रो खेल भने बुधबार नेदरल्यान्ड्ससँग खेल्नेछ। शृंखलाको पहिलो चरणमा तीन वटै टोलीले एकअर्कासँग दुई/दुई खेल खेल्नेछन् ।

फेब्रुअरी २९ मा नामिबिया र नेदरल्यान्ड्सबीच तेस्रो खेल हुनेछ । मार्च १ तारिखमा नेपाल र नामिबियाबीच चौथो तथा मार्च २ तारिखमा नेपाल र नेदरल्यान्ड्सबिच पाँचौँ खेल हुनेछ। छैटौँ खेल मार्च ३ तारिखमा नामिबिया र नेदरल्यान्ड्सबीच खेलिनेछ ।

२०२४ को जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको तयारीका क्रममा यो शृंखला खेल्न लागिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स टी-२० विश्वकपमा छनोट भएका छन् ।

नेपाली टोली

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादब, अनिल शाह, राशिद खान, सागर ढकाल, आरिफ शेख र अविनाश बोहरा ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ७ : १९ बजे

रोमाञ्चक खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा

काठमाडौं । इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको निर्णायक

पूर्वसांसद कोइरी पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला-२

विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन

काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत

अस्ट्रियालाई पराजित गर्दै स्पेन अन्तिम १६ मा

काठमाडौं । मिकेल ओयार्जाबालको दुई गोल र पेड्रो पोरोको शानदार

देशभर मनसुनी प्रभाव कायम, आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि