२९ बैशाख २०८१, शनिबार | May 11, 2024

संघीय संसदका विभिन्न ८ वटा समितिको बैठक बस्दै



काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाअन्तर्गतका आज आठवटा संसदीय समितिको बैठक आज एकै पटक बस्दै छ । प्रतिनिधिसभाअन्तर्गतका पाँच र राष्ट्रियसभाअन्तर्गतका तीनवटा समितिको बैठक बस्न लागेका हुन् ।

प्रतिनिधिसभाअन्तर्गतका अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।

महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजेका लागि बोलाएको संसदीय सचिवालयले जनाएको छ ।

राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ । विधायन व्यवस्थापन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान साढे ११ बजे बस्ने संसदीय सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ७ : ३० बजे

पिटरको बक पत्रमाथिको विमर्श : माओवादी जनयुद्धको शल्यक्रिया

नेपालगन्ज । लेखक तथा वामपन्थी चिन्तक नरेन्द्रजंग पिटरको बजारमा आएको

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ

राप्तीसोनारीमा फैलिएको झाडापाखालाबाट २९ जना बिरामी, ७ जना गम्भीर

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा झाडापखाला फैलिएको छ

कर्णालीका मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठक बोलाएका

बाँकेको सिधनियाघाट निर्माणका लागि सर्वपक्षीय पहल

नेपालगन्ज । बाँकेको राप्ती नदीस्थित सिधनियाघाट निर्माणका लागि सर्वपक्षीय भेलामार्फत