१० श्रावण २०८३, आइतबार | July 26, 2026

रूसी सेनामा काम गर्ने भारतीयको मृत्यु, भारतले गर्‍यो दर्जनौंको उद्दार



मस्को । रुसी सेनामा भर्ती भएका धेरै भारतीयको उद्धार गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भारतको पहलकदमी पछि रूसी सेनाले उनीहरुलाई रिहा गरेको अवस्था छ । युक्रेनमा युद्ध लड्न पठाइएका भारतीयको मृत्यु भएपछि मन्त्रालयको यो तथ्य बाहिर आएको हो ।

भारतीय विदेश मन्त्रालयका अनुसार केही दिनदेखि रुसी सेनामा भर्ना भएका धेरै भारतीयले फिर्ता आउन माग गरिरहेको समाचार आएको जनाएको छ । ‘हामीले यो विषय रुसी सरकारसँग उठाएका छौं। यसपछि धेरै भारतीयहरू रुसी सेनाबाट डिस्चार्ज भएका छन् । भारतीयहरूको सुरक्षा हाम्रो प्राथमिकता हो,’ मन्त्रालयले भनेको छ ।

गत फेब्रुअरी २३ मा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भनेका थिए कि केही भारतीयहरूले रूसी सेनामा सहायक कामका लागि सम्झौतामा हस्ताक्षर गरेका छन । र, पछि उनलाई युद्ध लड्न पठाइयो। यस विषयमा भारतीय दूतावासले रुसी अधिकारीहरूसँग सम्पर्क राखेको थियो । ‘उनीहरुलाई बचाउने प्रयास गरिरहेका छौं, यस बीचमा  हामी सबै भारतीयहरूलाई सतर्क रहन र युद्धबाट टाढा रहन अपील गर्दछौं,’ मन्त्रालयले भनेको छ ।

सोही क्रममा गुजरातको सुरत निवासी हेमिल अश्विनभाई मंगुकियाको युक्रेनमा मृत्यु भएको हो । ह्यामिललाई रुसी कम्पनीमा सामेल हुन लगाइयो। पछि कम्पनीले उनलाई युद्ध लड्न पठायो। ह्यामिललाई वाग्नरको सेनामा सामेल हुन भनियो । उनको मृत्यु हुनुभन्दा केही घण्टा अघि ह्यामिलले आफ्नो परिवारसँग करिब २ घण्टा कुरा गरेका थिए, भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन ।

टाइम्स अफ इन्डियाका अनुसार अनुसार उनको परिवारका सदस्य अतुल मांगुकियाले भने, ‘फेब्रुअरी २३ मा ह्यामिलका बुवाको फोन आएको थियो । उनले छोराको मृत्युको खबर पाएका थिए । हामीले पत्याएनौं, त्यसैले हामीले छानबिन गर्‍यौं। अन्ततः फेब्रुअरी २५ मा यो पुष्टि भयो कि ह्यामिल रूस युक्रेन युद्धमा मारिए ।

अतुल मङ्गुकियाका अनुसार ह्यामिल डिसेम्बर १४ मा चेन्नईबाट रुस गएका थिए । उनले रुसी सेनामा हेल्परको काम गरेको जानकारी सामाजिक सञ्जालमार्फत पाएका थिए । रुसी कम्पनीका एजेन्टको निर्देशनमा उनी रुस गए । गत महिना उनको खातामा २.३ लाख भारतीय रुपैयाँ तलब जम्मा भएको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ७ : ३६ बजे

कपिलवस्तुमा बस-मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमियास्थित हुलाकी सडक खण्डमा बस

धर्मेन्द्र प्रधान बाहिरिए, शिक्षा मन्त्रालयको जिम्मेवारी प्रल्हाद जोशीलाई

काठमाडौं । भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा राष्ट्रपति द्रौपदी

ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ”: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई सरकारको

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

काठमाडौं । लमजुङ जिल्ला प्रहरी कार्यालयले मध्यनेपाल नगरपालिका-४, दुर्दीपुलस्थित बौद्धा

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

दाङ । यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक