७ बैशाख २०८३, सोमबार | April 20, 2026

जाउलाखेल केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा



काठमाडौं । राजधानीमा जारी केपी ओली कप राष्ट्रिय पुरुष फुटबल प्रतियोगितामा जाउलाखेल युथ क्लबले आयोजक केपी ओली एफसीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा जाउलाखेलले केपी ओली एफसीलाई २-१ गोलअन्तरले पराजित गर्यो । उसको जितमा निराजन धामी र निरज चौधरीले समान एक-एक गोल गरे । खेलको ३९ औं मिनेटमा जावलाखेलका निराजन धामीले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको ८२ औं मिनेटमा जावलाखेलले अग्रता दोब्बर बनायो ।

खेलको ८४ औँ मिनेटमा केपी ओली एफसीका अडामा गोम्वियाकेले एक गोल गरे । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र जाउलाखेल विजयी भयो ।

जावलाखेलले सेमिफाइनलमा (एनआरटी) न्यूरोड टिमविरुद्ध खेल्नेछ । सेमिफाइनल यही फागुन १७ त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । फागुन १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले रु ११ लाख तथा उपविजेताले रु पाँच लाख पाउनेछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ४ : २२ बजे

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

दाङ । लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत तेह्रौँ बैठक आज दिउँसो

असिनाले ७४ सवारीसाधनमा क्षति

चितवन । जिल्लामा आइतबार साँझ आएको असिना सहितका पानीबाट ७४

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी । जिल्लामा फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको छ

बुटवलमा ‘युके युनिभर्सिटी एडमिसन डे’, सय बढी विद्यार्थीको सहभागिता

बुटवल । अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै

बुटवलमा आज जितगढी विजय उत्सव मनाइँदै

बुटवल । विसं १८७२ वैशाख ७ गते नेपाल-अंग्रेज युद्धअन्तर्गत बुटवलको