२८ माघ २०८२, बुधबार | February 11, 2026

मध्य भारतमा सडक दुर्घटनामा १५ जनाको मृत्यु



नयाँ दिल्ली । भारतको मध्य प्रदेश राज्यमा बिहीबार भएको दुर्घटनामा परी पाँच महिलासहित कम्तीमा १५ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा २० जना घाइते भएका स्थानीय प्रहरीले जानकारी दिएको छ ।

मध्य प्रदेश अन्तर्गत मण्डला जिल्ला बिछिया इलाकामा गाडी अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो ।

घाइतेहरूमध्ये केहीलाई स्थानीय अस्पतालहरूमा उपचारका लागि भर्ना गरिएको छ भने केहीको अवस्था गम्भीर रहेकोले मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गरिएको प्रहरीले जनाएको छ । पीडितहरू सोही गाउँका हुन् र नजिकैको ठाउँमा आयोजित विवाहपूर्वको समारोहबाट फर्किरहेका थिए ।

राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य वरिष्ठ नेताहरूले यस दुर्घटनामा मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  १२ : ४२ बजे

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी

अख्तियारमा स्थानीयतहमा भएको भ्रष्टाचार विरुद्ध उजुरीको चाङ

नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय

निर्वाचनको प्रचारप्रसार अभियानमा सक्रिय बन्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

कास्की । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले