१ पुस २०८२, मंगलबार | December 16, 2025

त्रिकोणात्मक टी-२० सिरिज : नेपालको प्रतिस्पर्धा नामिबियासँग, जित्नैपर्ने दबाब



काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपालले शुक्रबार नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।

मंगलबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । यस्तै नेदरल्यान्ड्ससँग पनि नेपाल २ रनले पराजित भएको थियो ।

घरेलु मैदानमा यसअघिका दुई खेल हारेको नेपाललाई बाँकी दुवै खेल जित्नैपर्ने दबाब छ ।

यसअघिका दुवै खेलमा दोस्रो ब्याटिङ गरेको नेपालले लक्ष्य पूरा गर्न सकेको छैन । नामिबियासँग २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८६ रन बनाउँदै अलआउट भएको थियो भने नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा १८३ रन बनाएर अलआउट भएको थियो ।

२०२४ को जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको तयारीका क्रममा यो शृंखला खेल्न लागिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स टी-२० विश्वकपमा छनोट भएका छन् ।

अबका बाँकी खेलहरूः

नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १९ गते शनिबार ।

नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन २० गते आइतबार ।

फाइनल, फागुन २२ गते मंगलबार ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ७ : २८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज