१९ असार २०८३, शुक्रबार | July 3, 2026

साफ यू-१६ महिला फुटबल : आज नेपालले बंगलादेशको सामना गर्दै



काठमाडौं । नेपालले आज साफ यू-१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत बंगालदेशको सामना गर्दैछ । यो खेल ललितपुरस्थित च्यासल मैदानमा अपरान्ह ३ बजे देखि शुरू हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा शुक्रबार भारतले भुटानलाई ७-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको थियाे । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र भुटान गरी चार देश सहभागी हुँदै छन्। प्रतियोगिताको पहिलो चरणमा सहभागी चार वटै टोलीले एक अर्कासँग एक-एक खेल खेल्नेछन् भने शिर्ष दुई स्थानमा रहने दुई देश फाइनलमा पुग्ने छन् ।

नेपाली टिम :

गोलरक्षक : रुपमा झरना डुम्राकोटी, सुनिता स्याङ्तान र लक्ष्मी ओली ।

डिफेन्डर : दीक्षा रायमाझी, रेजिना लामा, मिना चन्द, कृतिषा तामाङ, अंशु बिके, मीनामाया श्रेष्ठ, एलिजा बिके र ग्यान्सु डोल्मा लो ।

मिडफिल्डर : भूमिका बुढाथोकी, आशिका कार्की, बविता कार्की, आयुषा रौले, डिकीकुमारी स्याङ्बो तामाङ, आयुषा गुरुङ, रविना बिके र सविना तामाङ ।

स्ट्राइकर : पूजा गिरी, अनिता रानामगर, यामकुमारी बिके र पूर्णिमा थारु ।

नेपाली टोलीको प्रमुख प्रशिक्षकमा चक्र तामाङ छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ७ : ३९ बजे

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास

राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १ः१५ बजे हुने

मुहानमा बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौं उपत्यकामा

रोमाञ्चक खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा

काठमाडौं । इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको निर्णायक

पूर्वसांसद कोइरी पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला-२