७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

त्रिकोणात्मक टी-२० सिरिज : नेदरल्याण्ड्सविरुद्ध नेपालको शानदार जित, फाइनलको सम्भावना बलियो



काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले नेदरल्याण्ड्सविरुद्ध सहज जीत निकालेको छ । नेपाली बलरको उत्कृष्ट प्रदर्शनपछि पाएको १२१ रन सामान्य लक्ष्य १५.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्दै सहज जीत निकालेको हो ।

शनिबार त्रिवि मैदानमा भएको खेलमा नेपालले नेदरल्यान्डस्लाई ६ विकेटले पराजित गर्दै जीत निकालेको हो । नेपालका लागि रोहित पौडेलले ४६, गुल्सन झाले ३८, कुशल भुर्तेलले १२, आसिफ शेखले आठ, दीपेन्द्रसिंह ऐरीले चार र कुशल मल्लले दुई रन बनाए ।

नेदरल्यान्डसका लागि भिभियन किंमाले तीन र आर्यन दत्तले एक विकेट लिए । अन्य बलरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेदरल्यान्डस्ले १९.३ ओरभमा १२० रन बनाएको थियो । नेदरल्यान्डस्का लागि म्याम्स उडले ३१, टिम भानले २४, रिलोफ भानले २३ र स्कट इडवार्डस् १८ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन् ।

नेपाली बलरले शुरूआतदेखि नै नेदरल्यान्डस्लाई दबाबमा राखे । करण केसीले पहिलो ओभरमै दुई विकेट लिए । त्यस्तै, प्रतिश जीसीले तीन, कुशल मल्लले दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । नेदरल्यान्डस्का दुई खेलाडी रन आउट भए ।

यो जितसँगै नेपालको पनि चार अंक जोडेको छ भने रनरेटमा पनि सुधार भएको छ । नेदरल्यान्डस्को चार अंक नै छ । रनरेटका आधारमा नेदरल्यान्डस् शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।

नामिबियाको भने दुई अंक छ । नेदरल्यान्डस्को रनरेट ०.३१०, नेपालको ०.२९३ र नामिबियाको माइनस ०.७०० छ ।

समूह चरणको अन्तिम खेलमा आइतबार नेदरल्यान्डस र नामिबिया भिड्नेछन् । नेदरल्याडसले जितेमा नेपाल सिधै फाइनलमा पुग्नेछ भने नामिबियाले जितेमा रनरेटका आधारमा फाइनल पुग्ने दुवै टोली तय हुनेछन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  २ : ५६ बजे

रास्वपाका बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले त्यागे रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेशका उपसभापति

संविधान माथि भएको क्षतिको पूर्ति गर्न यो चुनावको ठूलो राजनीतिक महत्व छ : प्रथम राष्ट्रपति यादव

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण

निर्वाचनमा सरकारले सम्पूर्ण तागत लगाएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त

राष्ट्रपति पौडेल प्रजातन्त्र दिवस समारोहमा सरिक

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को

नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेकपा (एमाले)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज