३ पुस २०८२, बिहिबार | December 18, 2025

प्रधानमन्त्री प्रचण्डलाई भेटे रवि लामिछानेले



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर समसामयिक विषयमा ध्यानाकर्षण गराएका छन् ।

आइतबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर सभापति लामिछानेले दूध किसानको बक्यौता र चितवनमा मृत्यु भएकी बालिका शालिन पोखरेलका विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन् ।

दूग्ध किसानको ७ अर्ब रुपैयाँ बक्यौदा बाँकी रहेको भन्दै प्रदर्शनमा उत्रिएका बेला सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेर भुक्तानी दिने प्रवन्ध गर्न आग्रह गरेका हुन् ।

साथै यही १२ फागुनमा चितवनको रत्ननगर नगरपालिका वडा नं। १० मा रहेको शिशु निकेतन माविको छात्रावासमा कक्षा ८ मा अध्ययनरत शालिन पोखरेल मृत अवस्थामा भेटिएकी थिइन् । उनको मृत्यु रहस्यमय भएको एकसाता पुगिसक्दा पनि मृत्युको कारणबारे आधिकारिक विवरण सार्वजनिक भएको छैन । उनको हत्या वा आत्महत्या भन्नेबारे आधिकारिक धारणा नआएका बेला सभापति लामिछानेले उनको मृत्युको विषयमा पनि प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  २ : १६ बजे

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,

यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

एमाले ११ औँ महाधिवेशन : बिहान ८ बजेदेखि मतगणना सुरु, साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका-१० भकुण्डेमा बस्दै आएका एक ८३

एमाले ११ औँ महाधिवेशन : सकियो मतदान, २२ सय २७ मत खस्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय