१६ पुस २०८२, बुधबार | December 31, 2025

राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे प्रधानमन्त्रीले गरे मन्त्रालयसँग छलफल



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरेका छन् ।

आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, सचिव केशव शर्मा, विभागीय प्रमुखहरू र मन्त्रालयका सहसचिवहरू बोलाएर छलफल गरेका हुन् ।

छलफलमा प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजनाहरूको आफूले नियमित अनुगमन गरिरहेको जानकारी दिँदै आयोजनाको लागत बढेमा स्वयं आयोजना प्रमुखहरू नै जिम्मेवार हुनेगरि निर्देशित गर्न र कार्यसम्पादनको व्यवस्था मिलाउन निर्देशनसमेत दिए ।

बैठकमा उत्तरदक्षिण (कोशी करिडोर) खाँदबारी–किमाथांका सडक योजना, कालीगण्डकी करिडोर र कर्णाली करिडोरको प्रगति अवस्थाबारे मन्त्रालयको ब्रिफिङ लिएका हुन् ।

कोशी करिडोरको भौतिक प्रगति ३२ प्रतिशत रहेको, वित्तीय प्रगति पनि ३२ प्रतिशत नै रहेको जानकारी दिँदै सचिव शर्माले सडक निर्माणको काममा प्रगति भइरहेको जानकारी दिए ।

त्यसैगरि उत्तर दक्षिण (कालीगण्डकी करिडोर) सडक योजनाको ६३ प्रतिशत भौतिक प्रगति र ५५.७ प्रतिशत बित्तिय प्रगति रहेको जानकारी दिँदै शर्माले स्रोत व्यवस्थापनको सीमितताका कारण अपेक्षित प्रगति हासिल नभएको जानकारी गराए ।

त्यस्तै उत्तर दक्षिण (कर्णाली करिडोर) सडक योजनाको भौतिक र वित्तीय प्रगति सन्तोषजनक रूपमा अगाडि बढेको जानकारी सचिव शर्माले गराए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले विगत २५० वर्षमा भएको भौतिक र मानवीय प्रगतिभन्दा गणतन्त्रपछि भएको प्रगति निकै उत्साहप्रद रहे पनि त्यसबारे आम नागरिकमा यथार्थ सम्प्रेषण गर्नुपर्ने बताए ।

प्रधानमन्त्रीले भने, “पछिल्लो १५ वर्षमा भौतिक एवं मानवीय विकासका क्षेत्रमा राम्रा काम भएका छन्। तर, जनतामा सही ढंगले सम्प्रेषण गर्न नसक्दा निरासाजस्तो देखिएको छ। यति धेरै काम हुँदा पनि हामीले जनतालाई सही ढंगले प्रशिक्षित गर्नुपर्छ।”

विकास आयोजनाका काममा उच्च प्राथमिकता दिन र आयोजना प्रमुखहरूलाई फिल्डमा नै बसेर काम गर्ने वातावरण बनाउन मन्त्री ज्वालालाई निर्देशित गरे ।

प्रधानमन्त्रीले भने, “विकास आयोजनाका काममा हामी सबैले उच्च प्राथमिकता दिनुपर्छ। सरकार, मन्त्रालय र आयोजनाले निर्धारित काम तोकिएको समयमा पूरा नगर्दा आयोजनाको लागत बढ्दै गएको छ। तसर्थ, यो बेथिति अन्त्य गर्न गम्भीरतापूर्वक लाग्नुस्।”

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ३ : ३६ बजे

चिसो बढेपछि घोराहीका विद्यालयमा तीन दिन बिदा

तुलसीपुर । दाङको घोराही उपमहानगरपालिकाले अत्यधिक चिसो बढ्दै गएपछि तीन

एमाले नेता वासुदेव घिमिरेबाट एमाले परित्यागको घोषणा

बुटवल । नेकपा एमालेका नेता एवम प्रतिनिधिसभाका निवर्तमान सांसद बासुदेव

सोमबारदेखि अवरुद्ध दाउन्ने खण्ड अझै सञ्चालनमा कठिनाइ

नवलपुर । नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत दाउन्नेमा सोमबार बिहानदेखि अवरुद्ध सडक

काठमाडौँको तापक्रम थप घट्यो, जुम्लामा माइनस ४.५

काठमाडौँ । काठमाडौँको तापक्रम आज यो वर्षकै सबैभन्दा कम मापन

पुसे १५ को शीतलहरमा पनि बुटवलको प्रदर्शनीमा थेगीनसक्नु भीड

बुटवल । बुटवलमा जारी १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि,