२० मंसिर २०८२, शनिबार | December 6, 2025

चुनावपछि अमेरिका-चीन सम्बन्धमा सुधार आउने बेइजिङको विश्वास



बेइजिङ । चीनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा जो सुकैले जिते पनि अमेरिकासँगको सम्बन्धमा सुधार आउने आशा व्यक्त गरेको छ । बेइजिङ र वासिङ्टनबीच हालैका वर्षहरूमा प्रविधि, व्यापार, मानव अधिकारका साथै ताइवान र दक्षिण चीन सागरमा प्रतिस्पर्धात्मक दाबीका मुद्दाहरूमा टकराव छ ।

ह्वाइट हाउसको नेतृत्वका लागि राष्ट्रपति जो बाइडेनविरुद्ध पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिने गरी आगामी नोभेम्बरमा हुने चुनावमा अमेरिकीहरूले भाग लिनेछन् ।

“तपाईंले अमेरिकी राष्ट्रपतिको चुनावको बारेमा उल्लेख गर्नुभयो, यो संयुक्त राज्य अमेरिकाको आन्तरिक मामिला हो,” चिनियाँ संसद्का प्रवक्ता लू किन्जियानले सोमबारको पत्रकार सम्मेलनमा भने ।

“संयुक्त राज्य अमेरिकाले चीनसँग जो सुकै राष्ट्रपति भए पनि अमेरिकाले एउटै लक्ष्यका साथ अर्थात् स्थिर, स्वस्थ र दिगो चीन-अमेरिका सम्बन्धका लागि काम गर्न सक्छ भन्नेमा हामी पूर्ण आशा गर्छौं,” लूले भने ।

चीनको स्थिति स्थिर रहेको र चीन-अमेरिकाबीचको सम्बन्ध स्थिर र सुधारिएको अवस्थामा देख्न सबै आतुर रहेको उनले बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १२ : २० बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय