६ बैशाख २०८३, आइतबार | April 19, 2026

पाकिस्तानमा भारी वर्षाका कारण ३६ जनाको मृत्यु, ४१ घाइते



इस्लामाबाद । पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण ९एनडिएमए० ले फेब्रुअरी २७ देखि मार्च ३ सम्म परेको भारी वर्षा र हिमपातमा परी कम्तीमा ३६ जनाको मृत्यु हुनुका साथै ४१ जना घाइते भएको जनाएको छ ।

मृत्यु हुनेमा २१ जना बालबालिका, नौ जना पुरुष र छ जना महिला रहेको आइतबार राति जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

बर्षाको कारण सबैभन्दा बढी प्रभावित उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा २७ जनाको मृत्यु भएको थियो । यसैगरी, दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पाँच जनाको मृत्यु भएको छ भने पाकिस्तान अधिनस्थ कास्मिरमा चार जनाको मृत्यु भएको थियो ।

भारी बर्षाले ४६९ घरहरूमा पूर्ण वा आंशिक रूपमा क्षति भएको छ भने अनुमानित ६१ गाईवस्तुहरू मरेको प्रतिवेदनले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ५ : ३९ बजे

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको

‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका

विषादीरहित तरकारी उत्पादनमा किसान

टीकापुर । यहाँका किसान विषादीरहित प्राकृतिक तरकारी उत्पादनमा लागेका छन्

हावाहुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

सिरहा । जिल्लामा यस वर्ष आँप उत्पादनमा ह्रास आउने भएको