६ भदौ २०८३, शनिबार | August 22, 2026

त्रिकोणात्मक टी-२० सिरिज : फाइनलमा आज नेपाल र नेदरल्याण्डस भिडदैं



काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनल खेल मंगलबार नेपाल र नेदरल्यान्ड्सबीच हुँदैछ । खेल बिहान साढे ११ बजे त्रिवि मैदान कीर्तिपुरमा सुरु हुनेछ ।

आइतबार खेल वर्षाले प्रभावित बनाएपछि नामिबिया र नेदरल्यान्ड्सले अंक बाँडेका थिए । यो खेलपछि फाइनलको समीकरण तयार भएको हो ।

यो खेलबाट १ अंक पाएको नेदरल्यान्डस ५ अंकका साथ फाइनल पुगेको हो । नेपालले भने यसअघि नै फाइनलमा स्थान बनाइसकेको थियो ।

शनिबारको खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको नेपालले ४ अंकका साथ फाइनलमा स्थान बनाएको छ । नेपालले सुरुवाती दुई खेल हारे पनि पछिल्ला दुई खेल लगातार जितेको थियो ।

आइतबार १५ ओभरमा नामिबियाले ४ विकेटको क्षतिमा ९८ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो । त्यसपछि खेल सम्भव नभएपछि दुवै टोलीले एक-एक अङ्क बाँडेका हुन् ।

त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपाल नेदरल्यान्डस र नाममिबिया सम्मिलित छन् । ४ खेलपछि नेदरल्यान्ड्स ५ अङ्कसहित शीर्ष स्थानमा रह्यो। नेपाल ४ अङ्कसहित दोस्रो स्थानमा छ । नामिबिया ३ अङ्कसहित तेस्रो स्थानमा सीमित बन्यो ।

टी-२० विश्वकपको तयारी स्वरुप खेलाइएको यो सिरिज जित्‍नका लागि आज दुवै टोली उच्च मनोबलका साथ मैदानमा उत्रिनुपर्नेछ । नेपालले घरेलु मैदानको फाइदा उठाउन सक्नेछ भने नेदरल्यान्डस एसोसिएट राष्ट्रको बलियो टोली भएकोले फाइनल खेल निकै रोचक हुने अनुमान गर्न सकिन्छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ७ : २७ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको