२२ माघ २०८२, बिहिबार | February 5, 2026

निसेलढोरवासी भन्छन्- ‘सडक आयो, मोबाइलटावर भयो, विद्युत् सुविधा भएन ’



ढोरपाटन । बागलुङको निसीखोला गाउँपालिका-५ निसीलढोरका स्थानीय बिरामी परे उपचारका लागि एक दिन पूरै धाएर बुर्तिबाङ बजार आउनुपथ्र्यो । आफन्तलाई फोन गर्न गाउँमाथिको अग्लो डाँडामा पुग्नुपथ्र्यो । तर अहिले त्यो दुवै समस्या समाधान भएको छ । एक दशक अगाडि नै मोटरबाटो पुगेको हुँदा यात्रामा पनि सहज नै छ । तर अहिलेसम्म अन्धकारमा बस्न बाध्य स्थानीयले गाउँमा विद्युत् ल्याइदिन माग गरेका छन् ।

जिल्लाको सबैभन्दा दुर्गम मानिने निसलढोरका स्थानीयले गोबरको गुइठा, दियालो र टुकीको भरमा रात कटाउने गरेका छन् । सामान्य भए पनि स्वास्थ्य सेवा दिने हिसाबले गाउँपालिकाले गत जेठ महिनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सेवा प्रवाह गर्दै आएको छ ।

नेपाल टेलिकमले निसीखोलाको शिरमा टावर निर्माण गरेर गत असोजबाट मोबाइल ‘नेटवर्क’ सञ्चचालन गरेको छ । गाउँमा हुनेखानेले त सौर्य ऊर्जा (सोलार)को प्रयोग गरेका छन् भने सामान्य परिवार अन्धकारमै छन् । स्थानीय मनबहादुर विकले गाउँमा विस्तारै विकासले गति लिन थाले पनि वर्षौँदेखि अन्धकारमा बस्नुपर्ने बाध्यता हट्न नसकेको गुनासो गरे । विद्युत्को सुविधा नहुँदा मोबाइल फोनमा टावरले काम गरे पनि बेँसीमा बस्ने आफन्तसँग कुराकानी गर्न नपाइने उनको भनाइ छ । एउटा मोबाइल फोन चार्ज गर्नका लागि तीन घण्टा हिँडेर ढोरपाटन उपत्यका पुग्नुपर्ने स्थिति रहेको उनले बताए ।

“गाउँका विकास नभएको होइन, विस्तारै हुँदै छ, हाम्रो मुख्य समस्या अहिले बिजौली (बिजुली) बत्तीको छ, सरकारलाई हाम्रो पीडा सुनाएका छौँ, कहिले आउँछ भन्ने अत्तोपत्तो छैन, आउन त आउला एक दिन तर हामीहरूलाई निकै खाँचो छ”, विकले भने, “पहिला-पहिले बेँसी (निसीगाउँ)मा बस्दा त बिजौलीको सुविधा थियो, यहाँ आएपछि तर अँध्यारोमा बस्नुबाहेक अरु विकल्प छैन, सानो मोबाइल चलाउँछु चार्ज गर्न ढोरपाटन पुग्नुपर्छ, कहिलेकाहीँ अतेरलाग्दा आफन्तलाई फोन गर्नुपर्छ ।”

पाँच वर्ष अगाडिसम्म निसेलढोर निसीका स्थानीय बर्खामा पुशचौपाय चरन र खेतीपातीका लाग आउने गर्थे भने हिउँदमा बेँसीमै बस्थे । तर अहिले करिब ६० घर परिवार बाह्रै महिना यही बस्न थालेका छन् । स्वास्थ्य संस्था सञ्चालनमा आएपछि बुर्तिबाङ जानुपर्ने समस्या समाधान भएको स्थानीय कलीकुमारी सुनारले बताइन । विद्युत् नहुँदा साँझ पर्दाबित्तिकै खाना खानुपर्ने र बालबालिकाले साँझमा पढ्न नपाउने उनको भनाइ छ ।

उनले भनिन, “यो ठाउँमा कहिले बिजुली आउँछ ?, कि हामी सधैँ यस्तै अँध्यारोमा बस्नुपर्ने हो ?, सबै ठाउँमा पुग्यो यहाँ अहिलेसम्म नआउँदा हामीहरू निकै मर्कामा छौँ, हाम्रो समस्या बुझ्ने नेता नभएर हो कि, बिजुलीबिनाको टावर छ, मोबाइल अफ छन्, बिजुली हुन्थ्यो भने टिभी चलाउन पाइन्थ्यो, टाढा-टाढाका घटना, समाचार देख्न पाइन्थ्यो, के गर्नु छैन ।”

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले भौगोलिक विकटताका कारण अहिलेसम्म निसेलढोरमा विद्युत् पुर्याउन नसकेको बताए । विद्युत्को पहुँच पुर्याउनका लागि स्थानीय जलविद्युत र विद्युत् प्राधिकरणसँग छलफल भइरहेको उनको भनाइ छ । आफू निर्वाचित हुनु पूर्वदेखिनै यहाँ विद्युत् पुर्याउने विषयमा माथिल्लो निकायसँग माग गरेको जनाउँदै उनले अब केही समयमा यहाँका नागरिकले विद्युत् बाल्न पाउने जानकारी दिए । रासस

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ९ : ०४ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद